गर्भावस्थामा गोलभेँडा खाँदा आमा र बच्चालाई हुन्छन् यस्ता फाइदा

एजेन्सी। गोलभेँडा हेर्दा जति लोभलाग्दो देखिन्छ, त्यसका फाइदा पनि उत्तिकै छन्। गोलभेँडामा विभिन्न प्रकारका पोषक तत्व हुने कारण नियमित खानपिनमा यसलाई समावेश गर्दा मानव स्वास्थ्य निक्कै राम्रो हुने पोषण विज्ञहरु सुझाउँछन्।

पोषण विज्ञहरुका अनुसार गर्भवती महिलाहरुलाई गोलभेँडाको नियमित सेवनबाट थुप्रै फाइदा हुन्छ। गर्भवती महिलाले आफ्नो खानपिनमा निक्कै ध्यान पु¥याउनुपर्छ। गर्भावस्थामा गरिने खानपिनमा फलफुल र सागसब्जीको मात्रा बढाउनु राम्रो हुन्छ। तर कुनै पनि खानेकुरा भान्छामा छिराउनुअघि त्यसका फाइदा र नोक्सानीबारे जानकारी राख्नु उचित हुन्छ। खासगरी गर्भावस्थामा महिलाले खाने प्रत्येक कुराले आफू र आफ्नो पेटभित्रको बच्चालाई कस्तो अशर गर्छ भन्ने विषयमा जानकारी लिनुपर्छ।

गर्भावस्थामा गोलभेँडा खानु हुन्छ की हुँदैन ? गर्भवती महिलाको लागि गोलभेँडा कत्तिको सुरक्षित खाना हो ?

गोलभेँडाका पोषक तत्व

गोलभेँडामा भिटामिन ‘सी’, भिटामिन ‘के’ पोटासियम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ। १०० ग्रामको गोलभेँडामा ०.७६ ग्राम प्रोटिन, १.५८ ग्राम फाइबर, ३.२ ग्राम कार्बोहाइट्रेड, २५ मिलीग्राम भिटामिन ‘सी’, ८.९ मिलीग्राम क्याल्सियम, १६७ मिलीग्राम पोटासियम, १५.४ मिलीग्राम फस्फोरस र २५२ मिलीग्राम भिटामिन ‘ए’ हुन्छ। यसका साथै गोलभेँडामा विभिन्न प्रकारका फाइदाजनक एसिड पनि पाइन्छ।

गर्भवती महिलालाई गोलभेँडा सुरक्षित खाना

गर्भवती महिलाहरुका लागि गोलभेँडाको प्रयोग पूर्ण रुपमा सुरक्षित ुहने विज्ञहरु बताउँछन्। तर कुनै पनि चिज धेरै नखान विज्ञहरु सुझाउँछन्। किनकी फाइदाजनक चिज भए पनि धेरै सेवन गर्नाले स्वास्थ्यमा प्रतिकुल अशर गर्न सक्छ। तर धेरै गोलभेँडा खाँदा भने शरिरमा बेफाइदा पुग्न सक्छ। धेरै गोलभेँडा खाँदा गर्भावस्थामा छाती पोल्ने समस्या हुन सक्छ। यसका कारण ग्यास्ट्रिक र पेट दुख्ने समस्या हुन सक्नेतर्फ भने सचेत हुनुपर्छ।

गर्भावस्थामा गोलभेँडा खानुका फाइदा

गोलभेँडामा भिटामिन ‘सी’ र भिटामिन ‘ए’ प्रचुर मात्रामा हुन्छ। भिटामिन ‘सी’ले आइरनको मात्रा बढाउन सहयोग गर्छ भने भिटामिन ‘ए’ले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। जसका कारण गर्भवती महिलालाई विभिन्न खालका संक्रमणबाट जोगिन गोलभेँडाको सेवनले सहयोग पुग्छ। यसैगरी सुत्केरी भएपछि पनि चाँढो ठिक हुन सहयोगी हुन्छ।

विज्ञहरुले सुझाएअनुसार गर्भावस्थामा गोलभेँडाको प्रयोगबाट हुने सात फाइदा :

घाममा सुकाएको गोलभेँडामा भिटामिन ‘के’ हुन्छ, जसले रगतको कमी हुनबाट गर्भवती महिलालाई बचाउँछ।

गोलभेँडामा फाइबरको मात्रा धेरै हुन्छ, जसका कारण पाचन प्रणाली चुस्त रहिरहन्छ।

गोलभेँडामा पाइने लाइकोपिन शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले मानिसका कोशिकाहरुमा नोक्सान हुनबाट जोगाउँछ। यसका कारण आमाको स्वास्थ्य सुरक्षित हुनुका साथै शिशुलाई जन्मजात कुनै रोग तथा स्वास्थ्य समस्याबाट जोगाउँछ।

गोलभेँडामा पाइने निकोटोनिक एसिडले शरिरमा खराब कोलस्ट्रोलको मात्रा कम गर्न सहयोग पुग्छ। जसका कारण गर्भावती महिलाको मुटुलाई फाइदा पुग्छ।

रगत सफ ागर्न तथा शरिरका थुप्रै हिस्सामा रक्तसंचारको बहाव बढाउन पनि गोलभेँडाको प्रयोग फाइदाजनक हुन्छ। गोलभेँडामा पाइने लाइकोपिनले शरिरमा क्यान्सर उत्पन्न गराउने खालका र्याडिकल्सबाट पनि गर्भवती महिलालाई बचाउँछ।

दिनहुँ गोलभेँडा खाने गर्दा अक्सिडेटिभ स्ट्रेस कम हुन्छ र यसले गर्भवती महिलामा मधुमेहको जोखिम कम गर्छ।

गोलभेँडामा पाइने उच्च मात्राको भिटामिन ‘सी’ का कारण शिशुको छाला, हाड, मांसपेशी र दाँत बलियो बनाउन सहयोग पुग्छ।

प्रतिक्रिया दिनुहोस्