मकवानपुर। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरिरहेको बताएका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आईसीयू) तथा उच्च उपचार कक्ष (एचडीयू) को आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति रहेको जानकारी दिए।
उनले प्रदेश सरकारको व्यवस्थापनमै भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको बताए।
उनले सङ्घीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नति र निर्माणको लागि गरिएको प्रयासअन्तर्गत १३ जिल्लामा ५१ वटा अस्पतालको आज शिलान्यास हुने उल्लेख गर्दै सङ्घीय सरकारले ती अस्पतालको निर्माणको लागि ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको बताएका छन्।
मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडाको जनघनत्वलाई मध्यनजर राखी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा केही दिनभित्रै ३०० शय्याको शिक्षण अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए।
उनले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि ४५ करोड रकम बजेट विनियोजन गरेको र अब हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उद्घोष गरे। रासस
" /> मकवानपुर। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरिरहेको बताएका छन्।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आईसीयू) तथा उच्च उपचार कक्ष (एचडीयू) को आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति रहेको जानकारी दिए।

">