काठमाडौँ। प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन्।
वि.सं. २०७२ को विनाशकारी भुकम्पबाट क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिनुका साथै खोकनाको स्थानीय चाड पूर्णिमा नाच हेर्न प्रधानमन्त्री पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन्।
खोकनामा पुगेपछि प्रधानमन्त्री पत्नी शाक्यले रुद्रायणी मन्दिर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएकी थिइन्।
“बाहिरबाट हेर्दा मन्दिरको अवस्था राम्रो देखिएको छ। तर भूकम्पले गर्दा मन्दिर भित्रभित्रै भत्किन थालेको रहेछ,” मन्दिरका सबै भाग अवलोकन पछि शाक्यले भनिन्।
सो अवसरमा मन्त्री श्रेष्ठले पुरातात्विक र ऐतिहासिक कला संस्कृतिको नगरी खोकनास्थित रुद्रायणी मन्दिरको तत्काल जिर्णोद्धार जरुरी रहेको बताए।
“रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानमन्त्रीज्यूले गम्भीर चासो राखेपछि उहाँकी धर्मपत्नी र म यस क्षेत्र अवलोकन गर्न आएका हौं,” मन्त्री श्रेष्ठले भने, “भूकम्पले क्षतिग्रस्त मन्दिरका साथै अन्य सम्पदा पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्नेछ। सयौं वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबैखाले सहयोग गर्नेछ। यहाँका सम्पदा पुनर्निर्माण गर्न सरोकारवाला निकायलाई तत्काल निर्देशन दिनेछौं।”
फास्ट ट्रयाकबाट स्थानीय सम्पदामा समस्या पारिन्न – मन्त्री श्रेष्ठ
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले खोकना र बुंगमतीको सम्पदामा कुनै समस्या नपर्नेगरी फास्ट ट्रयाक निर्माण गरिने बताए।
नेपाल डंगोललगायत फास्ट ट्रयाक पिडित स्थानीयले प्रधानन्त्री र मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउँदै पत्र बुझाएपछि मन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन्।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन्।वि.सं. २०७२ को विनाशकारी भुकम्पबाट क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिनुका साथै खोकनाको स्थानीय चाड पूर्णिमा नाच हेर्न प्रधानमन्त्री पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन्।

">