ललितपुर। ललितपुरको अग्निशाला मन्दिरको जस्तापाटा हटाएर अब मन्दिर सुहाउँदो तामाको छाना छाइने भएको छ।
आज बिहान अग्निशाला मन्दिर प्राङ्गणस्थित विश्वकर्मालाई पूजा गरी नयाँ छाना छाउनका लागि मन्दिरका अग्निहोत्र पं. विष्णुमोहनधर राजोपाध्याय, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन तथा अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले संयुक्त रूपमा सङ्कल्प गरेका छन्। मन्दिरको बुसाधँ अर्थात् वर्षबन्धन पूजाकै अवसरमा आज मन्दिरमा नयाँ छाना छाउनका लागि क्षमापूजा गरिएको हो। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमा अर्थात् नेपाल भाषामा सकिमना पुन्हिका दिन मन्दिरको वर्षबन्धन पूजा गरिन्छ।
“मन्दिरमा सम्पदा सुहाउँदो किसिमले तामाको छाना राख्नका लागि महानगरपालिकाले यसलाई मेयरको गौरवशाली योजनाअन्तर्गत राखेको छ,” नगरप्रमुख महर्जन भन्छन्, “यसका लागि हामीले नगर परिषद्बाटै बजेट पारित गरेका पनि छौँ।”
यस प्राचीन पञ्चाग्नि मन्दिरमा राम्रो गेजको तामा छाउनका लागि महानगरपालिकाले ४० लाख बजेट छुट्याएको पनि नगर प्रमुख महर्जनले बताएका छन्। यस कार्यलाई तोकिएकै समय सीमाभित्र नै सम्पन्न गर्न पनि नगर प्रमुखले आह्वान गरेका छन्।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष शर्माले महानगरपालिकालाई धन्यवाद दिँदै तोकिएको समयभित्र कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “वैदिक पञ्चाग्निलाई विभिन्न अग्निकुण्डमा पूजा गर्ने विश्वमा अन्यत्र हराइसकेको परम्परा यहाँ निरन्तर चलिरहेको छ,” शर्माले भने, “यसरी वैदिक कालदेखिको परम्परा धान्ने यस सम्पदाको संरक्षणमा महानगरपालिकाले गरेको सहयोगले सम्पदा संरक्षणका लागि महत्त्वपूर्ण हुनेछ।”
पुरानो जस्ताको छाना निकालेर नयाँ छाना छाउनका लागि आज क्षमा पूजासहित १० हजार होम पनि गरिएको छ। अग्निशाला मन्दिरमा पाटन शहरका द्यःभाजु राजोपाध्याय ब्राह्मणहरूले नित्य नैमित्तिक होमपूजा गर्ने प्रचलन छ भने द्यःभाजु ब्राह्मणका पाँचवटा कुलमध्येको ज्येष्ठ ब्राह्मण दम्पती अग्निहोत्र दम्पतीका रूपमा बस्ने चलन छ।
क्षमा पूजाकै क्रममा ओमकण्ठ राजोपाध्यायले गणेश तथा कूल देवताको पूजा, रविश्याम शर्माले क्षत्रपाल पूजा तथा पूर्णचन्द्रानन्द राजोपाध्यायले विश्वकर्मा पूजा गरेका छन्। कार्यक्रममा ललितपुरको उपाकर्म गुठीका ब्राह्मणहरूले स्वस्ति वाचन गरेका छन्। त्यस्तै, सो अवसरमा उक्त समुदायबाट आहूति शिवेश शर्मा, रक्षण राजोपाध्याय, मिलन ज्वालानन्द राजोपाध्याय, रविश्याम शर्मा, प्रतापधर शर्मा, सुविज्ञ आचार्य राजोपाध्याय, सुरञ्जन शर्मा, सञ्जय शर्मा राजोपाध्याय, उमेश्वर राजोपाध्याय, उमेशधर राजोपाध्याय, सचित राजोपाध्याय, प्रवीण राजोपाध्याय, सुचित ज्वालानन्द राजोपाध्याय, मनिष राजोपाध्याय र पराशर राजोपाध्यायले मिलेर १० हजार आहूति होम गरेका थिए।
वैदिक पञ्चाग्निका रूपमा आवसथ्य, आहवनीय, दक्षिणाग्नि, अन्वाहार्य र गार्हपत्य अग्निलाई मानिन्छ। यसैअनुसार अग्निशाला मन्दिरमा क्रमशः सूर्यकुण्ड, विष्णुकुण्ड, रुद्रकुण्ड, सभ्यकुण्ड र ब्रह्माकुण्डमा यी पाँच किसिमका अग्निको पूजा हुँदै आएको छ।
" /> ललितपुर। ललितपुरको अग्निशाला मन्दिरको जस्तापाटा हटाएर अब मन्दिर सुहाउँदो तामाको छाना छाइने भएको छ।आज बिहान अग्निशाला मन्दिर प्राङ्गणस्थित विश्वकर्मालाई पूजा गरी नयाँ छाना छाउनका लागि मन्दिरका अग्निहोत्र पं. विष्णुमोहनधर राजोपाध्याय, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन तथा अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले संयुक्त रूपमा सङ्कल्प गरेका छन्। मन्दिरको बुसाधँ अर्थात् वर्षबन्धन पूजाकै अवसरमा आज मन्दिरमा नयाँ छाना छाउनका लागि क्षमापूजा गरिएको हो। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमा अर्थात् नेपाल भाषामा सकिमना पुन्हिका दिन मन्दिरको वर्षबन्धन पूजा गरिन्छ।

">