काठमाडौं। ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार १३८ जना संक्रमित थपिएका छन् भने २८७ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्।
कोरोना भाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो। मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले हिजोसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ। कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ३६ लाख पुगिसकेको छ भने ४ करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।
रासस-एएनआई
" /> काठमाडौं। ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार १३८ जना संक्रमित थपिएका छन् भने २८७ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्।

">