इलाम। इलाममा हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ। स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ।
कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ। कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ।
दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग छ। “जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ”, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, “तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।”
इलाममा तिहारपछि मात्र कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। करिब २०० सङ्क्रमित थपिएका छन् ।
जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ। ११ जनाले ज्यान गुमाएका छन्। १६८ जना संक्रमणमुक्त भएका छन्। रासस
" /> इलाम। इलाममा हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ। स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ।कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ। कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ।

">