काठमाडौं। चीनले उत्तर कोरियासँगको मित्रता थप गाढा पार्न नेता किम जोङ उन र उनका परिवारलाई पुग्ने गरी कोरोना विरुद्धको भ्याक्सिन दिएको छ। यो परीक्षणमा रहेको भ्याक्सिन हो।
चीनले उत्तर कोरिया पठाएको भ्याक्सिनबारे अमेरिकी विश्लेषकले जापानी इन्टेलिजेन्सको सूत्रलाई आधार बनाउँदै यस्तो जानकारी दिएको हो।
चिनियाँ भ्याक्सिन किमका परिवारका साथै त्यहाँका अन्य कतिपय अधिकारीले समेत प्रयोग गरेका छन्। सेन्टर फर दि नेसनल इन्ट्रेस्टका उत्तर कोरिया विशेषज्ञ ह्यारी काजियानिसका अनुसार चीनले आफ्नो एक्सपरिमेन्टल भ्याक्सिनमध्ये एउटा दिएको हो। तर, कुनचाहिँ भ्याक्सिन दिएको हो भन्ने यकिन हुन सकेको छैन। उक्त भ्याक्सिनको असरबारे पनि कुनै जानकारी आएको छैन।
ह्यारीले लेखेको एक अनलाइन आलेखमा भनिएको छ- ‘किम जोङ उन र उत्तर कोरियाली वरिष्ठ अधिकारीका लागि दुई-तीन साताअघि चीन सरकारले भ्याक्सिन दिएको छ।’ चीनका तीन वटा कम्पनी अहिले भ्याक्सिन निर्माणमा काम गरिरहेका छन्।
सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिनोबायो र सिनोफार्म गु्रप कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जोडतोडले लागिरहेको अमेरिकाका मेडिकल साइन्टिस्ट पिटर जे होटेजले बताएका छन्।
सिनोफार्मले आफ्नो भ्याक्सिन १० लाख मानिसले प्रयोग गरिसकेको दाबी गरेको छ। तीन वटै चिनियाँ कम्पनीका भ्याक्सिनको क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक गरिएको छैन।
अचम्मको कुरा त के छ भने, उत्तर कोरियाले आफ्नो देशमा कोरोनाका सन्दर्भमा कुनै सूचना बाहिर ल्याएको छैन। दक्षिण कोरियाली इन्टेलिजेन्स सर्भिसले भने उत्तर कोरियामा कोरोना निकै फैलिएको दाबी गर्दै आएको छ। उत्तर कोरियाले चीनसँगको व्यापार तीव्र पारेकाले पनि त्यहाँ कोरोना फैलिएको इन्टेलिजेन्सको आशंका छ।
(एजेन्सी)