काठमाडौँ। आज पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह गृह थपिएको छ। पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त पहलमा उक्त वातावरणमैत्री शवदाह गृह अब सञ्चालनमा आउने भएको हो।
बैंकले रू. ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो। शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताएका छन्।
वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिनेछ। हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन्।
बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ। यस शवदाह गृहमा शव जलाउन पनि कम समय लाग्नेछ। एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ। भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ।
यस यन्त्रमा शवदाहबाट निस्कने धूवाँ भिजेको चिम्नी हुँदै जाने व्यवस्था मिलाइएकाले बाहिर पुग्नुअघि नै शुद्धीकरण भइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले बताएका छन्। पशुपति क्षेत्रको आर्यघाट र भष्मेश्वर घाटमा गरी १८, विद्युतीय शवदाह गृहमा दुई, वातावरणमैत्री एक गरी ३ वटा शवदाहगृह सञ्चालनमा छन्। विद्युतीय शवदाहगृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको कोषले जनाएको छ।
कोभिड–१९ बाट निधन भएकाको शव विद्युतीय शवदाहगृहमा जलाउने गरिएको छ। आजैदेखि सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोभिड–१९ बाट निधन भएकाको शव जलाउने तयारी भएको कोषले जनाएको छ।
रासस
" /> काठमाडौँ। आज पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह गृह थपिएको छ। पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त पहलमा उक्त वातावरणमैत्री शवदाह गृह अब सञ्चालनमा आउने भएको हो।बैंकले रू. ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो। शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताएका छन्।

">