चितवन। माडी नगरपालिका-९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिम चरणमा पुगेको छ। यहाँस्थित १०० बिगाहा जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ। डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिनेछ।
“अर्को वर्षको चैतको नवमीमा मूर्ति स्थापना गर्ने गरी बोलपत्र आह्वान गर्दैछौँ,” उनले भने। धाममा आकर्षक रामको मन्दिरसँगै विभिन्न खालका धर्मशाला, अयोध्यामा दशरथले राज्य सञ्चालन गरेको दरबार, घोडा बाँध्ने गरेको तबला, उद्यान, बसपार्कलगायत विभिन्न संरचना बन्नेछन्।
ढकालले सबै काम सम्पन्न गर्न रू. एक अर्बभन्दा बढी खर्च हुने गरी डिपिआर बन्दै गरेको जानकारी दिएका छन्। ठूलो ठाउँ भएकाले विभिन्न रूपमा सबै ठाउँलाई बहुउपयोगी बनाउने गरी काम गरिँदै छ। अयोध्याधाम निर्माणका लागि नगरपालिकाले अयोध्या खोज तथा अनुसन्धान समितिसमेत निर्माण गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो। यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम पनि अघि बढेको हो।
रासस
" /> चितवन। माडी नगरपालिका-९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिम चरणमा पुगेको छ। यहाँस्थित १०० बिगाहा जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ।माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ। डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिनेछ।

">