सिरहा। कोरोना भाइरस सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका-१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।
ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकाेमा उनको सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा गत बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
सङ्क्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए। योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। रासस
" /> सिरहा। कोरोना भाइरस सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ।विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका-१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।

">