हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि

हुम्ला। उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा काेभिड-१९ पोजिटिभ देखिएको छ।

यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो।

उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो।

मङ्सिर १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएकोमध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए।

यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ। अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्