कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पीसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन।
दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पीसीआर मेसिन खरिद गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेकाे थियाे।
प्रयोगशाला सञ्चालन गर्न जनशक्ति तथा खर्च व्यवस्थापनका लागि जनप्रतिनिधिसँग पनि पटक-पटक छलफल भई विभिन्न समिति बने पनि मेसिन भने सञ्चालनमा आउन सकेकाे छैन।
सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोभिड-१९ परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ।
“नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर दिए पनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको हो”, महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले भने, “अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएकै हो ।”
प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ। उनले बीएमएलटी चारजना, माइक्रो बायलोजिष्ट एकजना, ल्याब टेक्निसियन दुईजना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौं तालीममा गएको बताए। “प्राविधिक टोली तालीमबाट फर्किनासाथ प्रयोगशाला सञ्चालनमा आउँछ”, सूचना अधिकृत भट्टले भने, “अरू सबै तयारी भइसकेको छ।”
भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी ३८ लाख रूपैयाँमा पीसीआर मेसिन खरिद गरेको जनाएको छ। रासस
" /> कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पीसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन।दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पीसीआर मेसिन खरिद गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेकाे थियाे।

">