काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन अस्पताललाई निर्देशन दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड-१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन्।
मन्त्रालयले एक सूचनामार्फत बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारवाही गरिनेसमेत जनाएको छ।
'कोभिड-१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ', सूचनामा लेखिएको छ, “कोभिड-१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ।'
" /> काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन अस्पताललाई निर्देशन दिएको छ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड-१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन्।

">