काठमाडाैं। तारकेश्वर नगरपालिकाले कोभिड-१९ पोजिटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ।
नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरूप रकम दिइने भएको हो।
कोरोना पोजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए।
हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन्।
निको हुनेको सङ्ख्या एक हजार ८२९ छ। कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन्। रासस
" /> काठमाडाैं। तारकेश्वर नगरपालिकाले कोभिड-१९ पोजिटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ।नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरूप रकम दिइने भएको हो।

">