काठमाडाैं। नेपालमा कोरोनाविरुद्धको लडाइँमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा आधारित ‘सिभिल सोल्जर्स’ वृत्तचित्र निर्माण गरिएको छ।
‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान्’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन्।
‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक उनी आफैँ रहेका छन्। कोरोनाको कारण भएको बन्दाबन्दी र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रित रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले बताए।
यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा ‘रिलिज’ हुँदै छ। बन्दाबन्दीका बेला मानिसहरु घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टोली डकुमेन्ट्री बनाउन व्यस्त थियो। यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन्।
"समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ," निर्देशक पाण्डे भन्छन्, ‘‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो। मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ। आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौँ।’’
साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री छन् भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन्। आशिष चित्रकारको सङ्गीत रहेको यस डकुमेन्ट्रीलाई योगेश पोखरेल, विन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन्। रासस
" /> काठमाडाैं। नेपालमा कोरोनाविरुद्धको लडाइँमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा आधारित ‘सिभिल सोल्जर्स’ वृत्तचित्र निर्माण गरिएको छ।‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान्’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन्।

">