काठमाडौँ। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। आगमघर स्थानीयवासीको सहभागितमा पुनर्निर्माण भएको हो। श्री आर्यावलोकितेश्वर सुधार समूहले रू. ३ करोड ५० लाखको लागतमा पुनर्निर्माण गरेको हो।

पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्ष तथा काठमाडौँ–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन्।

महानगरपालिकाले काठका लागि रू. ८० लाख र छानाका लागि रू. ८५ लाख सहयोग गरेको छ। यसै गरी वाग्मती प्रदेश सरकारले आगमघर पुनर्निर्माणका लागि रू. ५० लाख सहयोग गरेको छ। बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताएका छन्।

वि.सं. १९९० को भूकम्पले समेत आगमघर पूर्ण रूपमा क्षति भएको थियो। त्यसबेला हतारमा आगमघर पुनर्निर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनर्निर्माणमा त्यसलाई पुनर्स्थापित गरिएको समूहले जनाएको छ। दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनर्निर्माण शुरु भएको थियो।

हाल आगमघर पुनर्निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीका कारण पुनर्निर्माण केही ढिला भएको हो। आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनर्निर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ। प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ।

आगमघर पुनर्निर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ। सो सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ। भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रबलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताएका छन्।

भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन)ले मन्दिर प्रबलीकरणका लागि ठेक्का गरेको छ। डेढ महिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रबलीकरण शुरु गरिने एकाई (भवन)का आयोजना प्रमुख श्यामकिशोर सिंहले बताएका छन्।

वर्षा र सहकालका देवताका रूपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी केलटोलस्थित जनबहालमा फर्काउने चलन छ।

रासस

" /> काठमाडौँ। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। आगमघर स्थानीयवासीको सहभागितमा पुनर्निर्माण भएको हो। श्री आर्यावलोकितेश्वर सुधार समूहले रू. ३ करोड ५० लाखको लागतमा पुनर्निर्माण गरेको हो।

पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्ष तथा काठमाडौँ–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन्।

महानगरपालिकाले काठका लागि रू. ८० लाख र छानाका लागि रू. ८५ लाख सहयोग गरेको छ। यसै गरी वाग्मती प्रदेश सरकारले आगमघर पुनर्निर्माणका लागि रू. ५० लाख सहयोग गरेको छ। बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताएका छन्।

वि.सं. १९९० को भूकम्पले समेत आगमघर पूर्ण रूपमा क्षति भएको थियो। त्यसबेला हतारमा आगमघर पुनर्निर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनर्निर्माणमा त्यसलाई पुनर्स्थापित गरिएको समूहले जनाएको छ। दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनर्निर्माण शुरु भएको थियो।

हाल आगमघर पुनर्निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीका कारण पुनर्निर्माण केही ढिला भएको हो। आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनर्निर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ। प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ।

आगमघर पुनर्निर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ। सो सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ। भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रबलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताएका छन्।

भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन)ले मन्दिर प्रबलीकरणका लागि ठेक्का गरेको छ। डेढ महिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रबलीकरण शुरु गरिने एकाई (भवन)का आयोजना प्रमुख श्यामकिशोर सिंहले बताएका छन्।

वर्षा र सहकालका देवताका रूपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी केलटोलस्थित जनबहालमा फर्काउने चलन छ।

रासस

"> सेतो मच्छेन्द्रनाथ आगमघर पुनर्निर्माण अन्तिम चरणमा: Dekhapadhi
सेतो मच्छेन्द्रनाथ आगमघर पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौँ। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। आगमघर स्थानीयवासीको सहभागितमा पुनर्निर्माण भएको हो। श्री आर्यावलोकितेश्वर सुधार समूहले रू. ३ करोड ५० लाखको लागतमा पुनर्निर्माण गरेको हो।

पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्ष तथा काठमाडौँ–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन्।

महानगरपालिकाले काठका लागि रू. ८० लाख र छानाका लागि रू. ८५ लाख सहयोग गरेको छ। यसै गरी वाग्मती प्रदेश सरकारले आगमघर पुनर्निर्माणका लागि रू. ५० लाख सहयोग गरेको छ। बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताएका छन्।

वि.सं. १९९० को भूकम्पले समेत आगमघर पूर्ण रूपमा क्षति भएको थियो। त्यसबेला हतारमा आगमघर पुनर्निर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनर्निर्माणमा त्यसलाई पुनर्स्थापित गरिएको समूहले जनाएको छ। दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनर्निर्माण शुरु भएको थियो।

हाल आगमघर पुनर्निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीका कारण पुनर्निर्माण केही ढिला भएको हो। आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनर्निर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ। प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ।

आगमघर पुनर्निर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ। सो सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ। भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रबलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताएका छन्।

भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन)ले मन्दिर प्रबलीकरणका लागि ठेक्का गरेको छ। डेढ महिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रबलीकरण शुरु गरिने एकाई (भवन)का आयोजना प्रमुख श्यामकिशोर सिंहले बताएका छन्।

वर्षा र सहकालका देवताका रूपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी केलटोलस्थित जनबहालमा फर्काउने चलन छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्