काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।
विश्वका अधिकांश देशहरूले खोपका लागि अग्रिम बुकिङ गर्नुका साथै आवश्यक संरचनासमेत तयार गर्न थालेका छन्। छिमेकी देश भारतले भ्याक्सिन ओसारपसार गर्नका लागि दिल्ली विमानस्थल र हैदराबाद विमानस्थलका कार्गो सर्भिसेसलाई तयारी अवस्थामा राखेको छ।
ती कार्गो विमानले खोपलाई एक ठाउँबाट अर्को ठाउँमा मात्र नभएर एक देशबाट अर्को देशसम्म लैजाने छन्। त्यस्तै खोप स्टोरेजका लागि आवश्यक पर्ने संरचना समेत निर्माण भइरहेको छ।
तर, नेपाल भने ‘अझै पर्ख र हेर’ को नीतिमा छ। केही खोप कम्पनीले सर्वसाधारणमा खोप लगाउन अनुमति मागिरहेका छन्। नेपालले भने ती खोपबारे सूचना संकलन गर्ने र अध्ययन गर्ने काम गरिरहेको छ।
अहिले नै पूर्वाधार निर्माण गर्नुपर्छः जनस्वास्थ्यविद् डा. आचार्य
विज्ञहरूले भने विश्वबजारमा विकास भइरहेका खोपका आधारमा आवश्यक संरचना तथा जनशक्ति तयार गर्नुपर्ने बताएका छन्। जनस्वास्थ्यविद् डा. रमेश आचार्य अहिलेको खोप संरचनाले काम नगर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तत्काल बनाउनुपर्ने बताउँछन्।
“अहिलेको संरचनाबाट खोपको व्यवस्थापन गर्न सम्भव छैन्। फाइजर खोपलाई -७० डिग्री तापक्रम चाहिन्छ,” उनले भने, “हामीसँग आइसोथर्मल (टीआईबी) ल्याब छैन। मोर्डना खोपलाई -२५ डिग्रीको तापक्रम चाहिन्छ। त्यो खोप पनि राख्नका लागि आवश्यक पर्ने खोप संरचना नेपालसँँग छैन।”
नेपालमा अहिले नियमित रूपमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रम राखिन्छ। त्यसका लागि आवश्यक पर्ने संरचना छ। भने -२० डिग्रीका लागि केन्द्र र प्रदेशमा थोरै मात्रामा संरचना छन्। ती बाहेक अन्य सबै संरचना निर्माण गर्नुपर्ने हुन्छ।
नेपालमा अहिले भएका कुनै खोप केन्द्रले कोभिड-१९ विरूद्धको भ्याक्सिन राख्न नसक्ने उनको भनाइ छ।
“यसका लागि आइसोथर्मल फ्रिजिङ ल्याब बनाउनका लागि द्रुत गतिमा काम भयो भने पनि तीन महिना लाग्छ,” उनले भने, “अहिले नै बनाउन थाल्यो भने पनि फागुन/चैतमा संरचना बनाइसक्छौं।”
अहिलेसम्म केही गरेका छैनौंः स्वास्थ्य मन्त्रालय
मन्त्रालय अन्तर्गत बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतम भने अहिले नै कुनै पनि भ्याक्सिन फाइनल भई नसकेको अवस्थामा सूचना संकलन गर्ने र अध्ययन गर्ने काम मात्र भइरहेको बताउँछन्।
“अहिलेसम्म कुनै पनि भ्याक्सिन फाइनल भएको छैन। प्रारम्भिक केही नतिजा मात्र आएको छ। फाइनल तथ्यांक नआईकन कुन भ्याक्सिन भन्ने कुरा छैन,” उनले देखापढीसँगको कुराकानीमा भने, “जति पनि खोपहरू विकास भइरहेका छन्। ती सबै खोपहरूको सूचनाहरू संकलन गर्ने, अध्ययन गर्ने लगायतका कामहरू गरिरहेका छौं। सबै सम्भावनामा काम गरिरहेका छौं।”
२-८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने खोप हो भने अहिलेकै संरचनाले काम गर्ने भन्दै उनले भने, “-२० डिग्रीमा राख्नुपर्ने खोप आयो भने हामीसँग थोरै संरचना छ। बाँकी विकास गर्नुपर्छ। -७० डिग्रीमा राख्नुपर्ने खोप मात्र अन्तिममा सफल भयो भने हामीले सबै संरचनाको विकास गर्नुपर्छ।”
अहिले २–८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोप बन्यो भने नेपालले ९ लाख जनसंख्यालाई खोप दिन सक्ने उनको भनाइ छ। यस्तो अवस्थामा नयाँ संरचना नभए पनि काम गर्न सक्ने उनी बताउँछन्। अहिले नेपालले प्रत्येक महिना १६ हजार खोप केन्द्र सञ्चालन गर्दै आएको छ।
मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न आठ उपसमिति बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), ‘गाभी र सेपी’ नामक तीन संगठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलितय दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन थालेको डा. गौतमले बताए।
सुरूमा २० प्रतिशतलाई खोप दिइने
सुरूमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने उनको भनाइ छ। कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ।
गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ। कोभ्याक्सले ६० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। उक्त खोप प्राथमिकताका आधारमा लगाइनेछ।
प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरूमध्ये एउटा कम्पनीको खोप ल्याउनेछ।
खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्ल्यूएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुने उनको भनाइ छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप सुरुमा क-कसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेकाे बताए। उनले खोप ल्याउनका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको बताए।
नेपालमा सुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अगपंक्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराउने मन्त्रालयको रणनीति छ।
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।विश्वका अधिकांश देशहरूले खोपका लागि अग्रिम बुकिङ गर्नुका साथै आवश्यक संरचनासमेत तयार गर्न थालेका छन्। छिमेकी देश भारतले भ्याक्सिन ओसारपसार गर्नका लागि दिल्ली विमानस्थल र हैदराबाद विमानस्थलका कार्गो सर्भिसेसलाई तयारी अवस्थामा राखेको छ।

">