काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरूले तपस्या गर्ने भगवान् बुद्धको हजार मूर्ति स्तूप नहटाइने बताएका छन्।

मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

उनले सडक विस्तारको क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताएका छन्।

“हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्त्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ। प्राविधिक रूपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरू पनि सम्पदा जोगाइनेछ,” उनले भने।

उनले सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन, नयाँ चरणमा विकास गर्न लागि परेको बताएका छन्। उनले भने, “यो सरकार नयाँ संविधानद्वारा निर्देशित छ। नयाँ मुलुक निर्माणमा अगाडि बढेको सरकार स्वभावैले मुलुुकको चौतर्फी विकास गर्न चाहन्छ। अरू चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय, विविध संस्कृतिको रक्षा मात्र होइन। यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ।”

उनले मुलुकको विविध संस्कृति सामाजिक सम्पति रहेको समेत उल्लेख गरेका छन्।

मन्त्री नेम्बाङ्गले स्वयम्भू क्षेत्रजस्तो विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूको संरक्षण मात्र होइन, अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताएका छन्। उनले सडक विस्तार गरिँदा यसका प्राविधिक पक्ष, धार्मिक पक्ष, विश्व सम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई आवश्यक ध्यान दिइने पनि बताएका छन्।

समुदायको भावना र संवदेनशीलतासँग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्त्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उनले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भूजस्ता सम्पदाहरू सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताए।

त्यस्तै, स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताएका छन्।

कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद् पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राखेका थिए।

काठमाडौँ चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोबीखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ।

" /> काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरूले तपस्या गर्ने भगवान् बुद्धको हजार मूर्ति स्तूप नहटाइने बताएका छन्।

मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

उनले सडक विस्तारको क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताएका छन्।

“हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्त्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ। प्राविधिक रूपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरू पनि सम्पदा जोगाइनेछ,” उनले भने।

उनले सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन, नयाँ चरणमा विकास गर्न लागि परेको बताएका छन्। उनले भने, “यो सरकार नयाँ संविधानद्वारा निर्देशित छ। नयाँ मुलुक निर्माणमा अगाडि बढेको सरकार स्वभावैले मुलुुकको चौतर्फी विकास गर्न चाहन्छ। अरू चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय, विविध संस्कृतिको रक्षा मात्र होइन। यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ।”

उनले मुलुकको विविध संस्कृति सामाजिक सम्पति रहेको समेत उल्लेख गरेका छन्।

मन्त्री नेम्बाङ्गले स्वयम्भू क्षेत्रजस्तो विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूको संरक्षण मात्र होइन, अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताएका छन्। उनले सडक विस्तार गरिँदा यसका प्राविधिक पक्ष, धार्मिक पक्ष, विश्व सम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई आवश्यक ध्यान दिइने पनि बताएका छन्।

समुदायको भावना र संवदेनशीलतासँग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्त्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उनले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भूजस्ता सम्पदाहरू सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताए।

त्यस्तै, स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताएका छन्।

कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद् पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राखेका थिए।

काठमाडौँ चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोबीखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ।

"> चक्रपथ विस्तारमा भगवान् बुद्धको मूर्ति, स्तूप भत्किँदैन : मन्त्री नेम्बाङ्ग: Dekhapadhi
चक्रपथ विस्तारमा भगवान् बुद्धको मूर्ति, स्तूप भत्किँदैन : मन्त्री नेम्बाङ्ग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्