‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुनेः एनआरएनए
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘कोभ्याक्स’ सुविधामार्फत नेपालले ६० लाख नेपालीलाई पुग्ने खोप पाउने जनाएको छ।

एनआरएनएले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालले २० प्रतिशत जनतालाई पुग्नेगरी खोप पाउने बताएको हो।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ।

यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए।

“हाल विश्वभर ५८ वटा खोपको कोरोनाविरुद्ध क्लिनिकल ट्रायल भइरहेको छ।  तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ। अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन्। सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ,” एनआरएनएले जनाएको छ।

हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएका छन्।

ति देशले पहिलो चरणमा उच्च जोखिममा रहेका विरामी र वृद्ध-वृद्धालाई खोप दिइरहेका छन्। नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन्। यद्यपी यस विषयमा औपचारिक निर्णय भइसकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्