काठमाडौं। ७२ प्रतिशत नेपालीलाई कोभिड-१९ भ्याक्सिन लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विश्वमा परीक्षण तथा अनुसन्धानको क्रममा रहेका खोपहरूमध्ये दुई करोड १६ लाख नेपालीलाई खोप दिइने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
तीन करोड नेपालीमध्ये २८ प्रतिशत १४ वर्ष मुनीका बालबालिकालाई खोप दिइने छैन। अहिले विकास क्रममा रहेका सबै खोप १४ वर्ष मुनीका बालबालिकामा परीक्षण नभएको भन्दै ८४ लाख बालबालिकालाई खोप नदिइने उनको भनाइ छ।
२० प्रतिशत खोप कोभ्याक्स÷गाभीले उपलब्ध गराउने प्रवक्ता प्रा.डा. गौतमले बताए। विश्व बजारमा आविष्कारको क्रममा रहेका खोपहरूको अध्ययन तथा अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ।
खोपका लागि नेपालले आवश्यक पहल गरिरहेको भन्दै उनले भने, “खोप विकासका क्रममा रहेकामध्ये गुणस्तरीय, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुन अनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको सल्लाहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाइरहेको छ।”
त्यसका लागि खोप विज्ञ समिति, आठ वटा प्राविधिक समितिलगायतले खोपको व्यवस्थापन, खोप सञ्चालन एवं खोपसम्बन्धी सञ्चार तथा सहभागिताका लागि आवश्यक कार्यहरू भइरहेको उनको भनाइ छ।
कति लाग्छ लागत?
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका अनुसार २० प्रतिशत खोप कोभ्याक्सले दिने भएपछि सरकारले ५२ प्रतिशत जनसंख्याका लागि खोप किन्नुपर्ने हुन्छ।
त्यसमा एक डोजको पाँच डलरसम्म पर्न सक्छ। एक जनालाई दुई डोज खोप दिनुपर्ने छ। जसले गर्दा एक जनाका लागि १० डलर खर्च हुनेछ। यस्तो अवस्थामा नेपालले झण्डै ४० अर्ब रूपैयाँ खोप किन्नका लागि लाग्ने जनस्वास्थ्यविद् डा. पाण्डेको भनाइ छ।
त्यस्तै खोप सञ्चालन तथा व्यवस्थापनका लागि थप चार अर्ब लाग्ने छ। खोपका लागि नेपालले ठूलो धनराशी खर्च गर्नुपर्ने भन्दै विकसित देशहरूसँग सहुलियत तथा निःशुल्क खोपका लागि पहल थाल्नुपर्ने बताए।
" /> काठमाडौं। ७२ प्रतिशत नेपालीलाई कोभिड-१९ भ्याक्सिन लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।विश्वमा परीक्षण तथा अनुसन्धानको क्रममा रहेका खोपहरूमध्ये दुई करोड १६ लाख नेपालीलाई खोप दिइने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

">