सुदूरपश्चिममा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु <p>सुदूरपश्चिम। प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।</p> <p>आजसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्ला दिनमा कोरोनाको जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ। मन्त्रालयको तथ्याङ्&zwj;क अनुसार गएको चार दिनमा चार जनाको मृत्यु भएको छ।</p> <p>सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सक्रिय सङ्क्रमित बिरामी दुई हजार ३२५ जना पुगेका छन्।</p> <p>पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ। आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल सङ्क्रमित १२ हजार ३७८ पुगेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्