भारतमा हालसम्म ९९ लाखभन्दा बढीलाई कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्‍लो २४ घण्टामा २१ हजार ७९१ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ३५३ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">भारतमा कुल संक्रमित संख्या ९९ लाख छ हजार ५०७ पुगेको छ। तीमध्ये एक लाख ४३ हजार ७४६ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">अहिलेसम्म‍ त्यहाँ ९४ लाख २१ हजार ८३२ जना संक्रमणमुक्त भएका छन्। </p>
<p style="text-align: justify;">भारतमा हाल सक्रिय संक्रमित तीन लाख ४० हजार ९२९ जना छन्। आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>