सीएनएन। गायिका, नायिका तथा मोडल अशान्तिलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणसँगै केशिया कोलसँग शनिबार हुने भनिएको उनको ‘भर्जुज ब्याटल’ स्थगित भएको छ।
अब उनीहरूबीचको ब्याटल सन् २०२१ जनवरी पहिलो साताअघि नहुने भएको छ।
अशान्तिले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाएकी हुन्।
“म यो भनिरहँदा आफैलाई विश्वास लागेको छैन, तर मलाई कोरोना संक्रमण भएको छ। म ठिक छु र कुनै पीडा महसुस गरेको छैन,” अशान्तिले भनेकी छन्। उनले आपूmलाई कोरोना संक्रमण हुन्छ भन्ने कहिल्यै नसोचेको समेत बताएकी छन्।
अशान्तिलाई कोरोना संक्रमण भएपछि भर्जुजले अशान्ति र केशियाबीचको ब्याटल आगामी जनवरी ९ सम्मको लागि स्थगित गरिएको घोषणा गरेको छ। ब्याटल रोक्नु परेकोमा भर्जुजले आफ्ना दर्शकसँग क्षमायाचना गर्दै अशान्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
" /> सीएनएन। गायिका, नायिका तथा मोडल अशान्तिलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणसँगै केशिया कोलसँग शनिबार हुने भनिएको उनको ‘भर्जुज ब्याटल’ स्थगित भएको छ।अब उनीहरूबीचको ब्याटल सन् २०२१ जनवरी पहिलो साताअघि नहुने भएको छ।

">