नेपालमा आज सक्रिय सङ्क्रमित ९,८८१
<p>काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९,८८१ रहेको छ। </p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ६,१०३ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये ३२१ जना आईसियुमा उपचाररत छन् भने ४८ जना भेन्टिलेटरमा उपचाररत छन्। </p>
<p>यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ३,४२४ जना होम आइसोलेसनमा, १२७ जना आईसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन्।</p>
<p>हाल नेपालमा ४५७ जना क्वारेन्टाइनमा रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्