इलाम। आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा लिम्बूहरूलाई जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आह्वान गरिएको छ। समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा लिम्बू लेख्न अनुरोध गरिएको हो।
किरात याक्थुङ चुम्लुङ इलामले विज्ञप्ति जारी गर्दै जातजातिको महलमा ‘लिम्बू’, पुर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको हो।
चुम्लुङका सचिव राम योङहाङका अनुसार मातृभाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थापित गर्न, गराउनका लागि जनसङ्ख्यात्मक आधार निर्माणका लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न अनुरोध गरिएको हो।
संविधानले नेपालमा बोलिने सबै भाषालाई मातृभाषाका रूपमा परिभाषित गरिएको तर बहुसङ्ख्यकले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा हुने सक्ने उल्लेख गरिएको छ। लिम्बू भाषालाई कामकाजी बनाउने चुम्लुङले सबैलाई जात र भाषामा लिम्बू लेख्न अनुरोध गरेको हो। नेपालको पूर्वी भेगलाई पूर्वी किरात भनेर समेत भनिने गरिन्छ।
पछिल्लो समय लिम्बू भाषालाई सरकारी कामकाजी बनाउने काम इलाममा शुरु भइसकेको छ। त्यस्तै लिम्बू भाषा पठनपाठनसमेत हुन थालेको छ। यसैले सबै लिम्बू जातिलाई एकीकृत गर्न चुम्लुङले यो अभियान शुरु गरेको हो।
चुम्लुङका सचिव योङहाङका अनुसार पछिल्लो समय सरकारी कामकाजमा आफ्नो भाषा नहुँदा र पठनपाठनसमेत नहुँदा लिम्बू भाषा लोप हुने अवस्थामा छ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ।
रासस
" /> इलाम। आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा लिम्बूहरूलाई जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आह्वान गरिएको छ। समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा लिम्बू लेख्न अनुरोध गरिएको हो।किरात याक्थुङ चुम्लुङ इलामले विज्ञप्ति जारी गर्दै जातजातिको महलमा ‘लिम्बू’, पुर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको हो।

">