काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) यामबहादुर महतले आज एक कार्यक्रमबीच पदबहाली गरेका छन्।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले पदबहाली गरेसँगै अस्पताललाई सबैको स्वास्थ्य गन्तव्यका रूपमा पुर्याउने प्रतिबद्धता गरेका छन्। अस्पतालका अध्यक्ष उद्धव पौडेलले उक्त कार्यक्रममा अस्पतालका कर्मचारी, शेयर सदस्य र चिकित्सक तथा नर्सहरू तीन महत्त्वपूर्ण समूह भएको बताएका छन्।
कार्यक्रममा अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मेडिकल डाईरेक्टर विश्ननाथ कोईराला र कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाँइलगायतले मन्तव्य राखेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट बिजनेज डेभलपमेन्टमा स्नातकोत्तर, सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र पोखरा विश्वविद्यालयबाट एमफिल गरेका नवनियुक्त सिइओ यामबहादुर महतले यसअघि तिलगंगा आँखा अस्पताल, स्टान्डर्ड चार्टर्ड बैंकलगायतका संस्थामा नेतृत्व पदमा कार्य गरिसकेका छन्।
" /> काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) यामबहादुर महतले आज एक कार्यक्रमबीच पदबहाली गरेका छन्।नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले पदबहाली गरेसँगै अस्पताललाई सबैको स्वास्थ्य गन्तव्यका रूपमा पुर्याउने प्रतिबद्धता गरेका छन्। अस्पतालका अध्यक्ष उद्धव पौडेलले उक्त कार्यक्रममा अस्पतालका कर्मचारी, शेयर सदस्य र चिकित्सक तथा नर्सहरू तीन महत्त्वपूर्ण समूह भएको बताएका छन्।

">