मनाङ। देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो।
सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ।
जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पीसीआर अनिवार्य गरिएको छ।
हालसम्म मनाङमा २८२ जनाको स्वाब संकलन भएकामा १० जनाको कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख बद्रि आचार्यले जानकारी दिए। उनका अनुसार ९ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।
शून्य भएको धेरै दिनपछि आज एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ। उनको थप उपचारका लागि काठमाडौं लगिएको स्रोतले जनाएको छ।
हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुईजना निको भइसकेका छन्। हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन्। अन्य बिरामी निको भएर घर फर्किसकेका छन्।
" /> मनाङ। देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो।सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ।

">