ललितपुर। पाटन दरबार क्षेत्रको उत्तरमा रहेको बगलामुखी मन्दिर परिसर बिहीबार मात्रै दिनभर खोलिने भएको छ। बगलामुखीछेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्धार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो।

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बगलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ देखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए।

“कोभिड महामारीअघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णोद्धार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका र्हाँ,” पुजारी शर्माले भने। महामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बगलामुखी आउँथे।

बगलामुखीलाई दश महाविद्यामध्ये एक मानिन्छ, साथै शत्रुलाई पराजय गर्ने शक्तिका रूपमा पुजिने गरिएको शर्माले जानकारी गराएका छन्।

बगलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उनलाई ग्रह बृहस्पतिका रूपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ। मानिसको जीवनमा बृहस्पति प्रबल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ।

ललितपुर शहर बस्नुभन्दा अघि बगलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ। बगलामुखीलाई सतीदेवीको रूप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ। जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बगलामुखीलाई ग्रह बृहस्पतिका रूपमा मान्दा कूलका साथै पितृदेवता पनि दुवै प्रसन्न हुने बुझाइ छ।

बगलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन्। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ।

रासस

" /> ललितपुर। पाटन दरबार क्षेत्रको उत्तरमा रहेको बगलामुखी मन्दिर परिसर बिहीबार मात्रै दिनभर खोलिने भएको छ। बगलामुखीछेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्धार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो।

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बगलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ देखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए।

“कोभिड महामारीअघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णोद्धार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका र्हाँ,” पुजारी शर्माले भने। महामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बगलामुखी आउँथे।

बगलामुखीलाई दश महाविद्यामध्ये एक मानिन्छ, साथै शत्रुलाई पराजय गर्ने शक्तिका रूपमा पुजिने गरिएको शर्माले जानकारी गराएका छन्।

बगलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उनलाई ग्रह बृहस्पतिका रूपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ। मानिसको जीवनमा बृहस्पति प्रबल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ।

ललितपुर शहर बस्नुभन्दा अघि बगलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ। बगलामुखीलाई सतीदेवीको रूप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ। जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बगलामुखीलाई ग्रह बृहस्पतिका रूपमा मान्दा कूलका साथै पितृदेवता पनि दुवै प्रसन्न हुने बुझाइ छ।

बगलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन्। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ।

रासस

"> बगलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने: Dekhapadhi
तस्बिर - विकिपिडिया
बगलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने
ललितपुर। पाटन दरबार क्षेत्रको उत्तरमा रहेको बगलामुखी मन्दिर परिसर बिहीबार मात्रै दिनभर खोलिने भएको छ। बगलामुखीछेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्धार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो।

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बगलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ देखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए।

“कोभिड महामारीअघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णोद्धार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका र्हाँ,” पुजारी शर्माले भने। महामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बगलामुखी आउँथे।

बगलामुखीलाई दश महाविद्यामध्ये एक मानिन्छ, साथै शत्रुलाई पराजय गर्ने शक्तिका रूपमा पुजिने गरिएको शर्माले जानकारी गराएका छन्।

बगलामुखी देवीको जन्मबार मङ्गलबार भए पनि उनलाई ग्रह बृहस्पतिका रूपमा मानिने हुँदा बिहीबार पुजिने गरिन्छ। मानिसको जीवनमा बृहस्पति प्रबल भयो भने कुनै पनि शङ्कल्प वा मनोकामना सिद्ध हुन्छ भन्ने कथन छ।

ललितपुर शहर बस्नुभन्दा अघि बगलामुखीलाई तान्त्रिक विधिले साधना गरेर स्थापना गरिएको भनाइ छ। बगलामुखीलाई सतीदेवीको रूप मानिने हुँदा शनिबार पनि पुज्ने गरिन्छ। जो कोही मानिसले आफ्नो कूलदेवता नमान्दा र बगलामुखीलाई ग्रह बृहस्पतिका रूपमा मान्दा कूलका साथै पितृदेवता पनि दुवै प्रसन्न हुने बुझाइ छ।

बगलामुखी परिसरमा रहेको कुम्भेश्वर महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन्। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा यहाँ हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्