चितवन। चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ। अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो।
कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ।
अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे।
यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाडौं उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ।
अस्पतालले उपकरण र जडान गरी करिब १४ करोड रूपैयाँ खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए।
अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलका अनुसार यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अङ्गको गहन जाँच सम्भव हुन्छ।
चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ। पौडेलले भने, “अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ। थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ।” रासस
" /> चितवन। चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ। अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो।कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ।

">