काठमाडौं। युरोपियन युनियन (ईयू) ले फाइजर तथा बायोएनटेकद्वारा निर्मित कोरोनाविरुद्धको भ्याक्सिन बजारमा लैजान सोमबार स्वीकृति दिएको छ। ईयूमा २७ देश छन्। युनियनका अधिकांश देशमा कोरोनाको नयाँ लहरले हैरान पारेपछि भ्याक्सिनलाई अनुमति दिइएको हो।
ईयूले विश्वास गरेको छ, सबै सदस्य देशका बजारमा भ्याक्सिन उपलब्ध हुन थालेपछि क्रिसमसपछि त्यसको प्रयोग सजिलो हुनेछ। युरोपियन मेडिसिन एजेन्सीले भ्याक्सिन सुरक्षा र स्तरमा पनि खरो उत्रिएको बताएको छ।
एजेन्सीको भनाइ आएको केही घण्टामै ईयूले भ्याक्सिन बजारमा लैजाने अनुमति दिएको थियो। ब्रेसल्समा खोप उपलब्ध गराउने नियम तय गर्नका लागि तीन दिन लाग्ने अनुमान गरिएको छ।
संकटपूर्ण वर्षको सुखद अन्त्य
युरोपियन आयोगका अध्यक्ष उर्सला भोन डे लेयेन भन्छिन्, ‘‘हामीले बाचा गरेका थियौं– यो खोप ईयूका सबै देशमा एकैसाथ र समान सर्तमा उपलब्ध हुनेछ। यो अत्यन्तै संकटपूर्ण वर्षको सुखद अन्त्य हो। आखिर हामी अब कोरोनाको यो अध्यायको पृष्ठ पल्टाउन तयार छौं।’’
लेयेनका अनुसार खोपको आपूर्ति आगामी शनिबारदेखि सुरु हुनेछ। र, ईयूमा आवद्ध सबै देशमा २७ देखि २९ डिसेम्बरबीच खोप लगाउन थालिने छ।
हैरान बेलायत
बेलायमा कोरोनाको नयाँ स्ट्रेन देखिएपछि संसारभर पुनः आतंक मच्चिएको छ। कतिपय मुलुकले बेलायत उडान स्थगित गरेका छन्। यसरी डराउनुको कारण भने, कोरोनाको नयाँ स्ट्रेन पहिलाको भन्दा निकै खतरनाक बताइनु हो।
बेलायतमा लन्डनलगायतका कतिपय सहरमा लकडाउन गरिएको छ। प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई सचेत रहन अनुरोध गरेका छन्।
तर, भारतीयमूलका अमेरिकी डाक्टर विवेक मूर्ति भने बेलायतमा देखा परेको कोरोनाको नयाँ स्ट्रेनबाट आत्तिनु नपर्ने बताउँछन्। यो पहिलाको भन्दा अधिक संक्रामक रहेको कुनै प्रमाण नभेटिएकाले आत्तिनु नपर्ने उनको भनाइ छ।
(एजेन्सी)