काठमाडौं। अमेरिकामा कोभिड-१९ भ्याक्सिन लगाउन थालिएको छ। पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीले पहिलो डोज पाएका छन्। फाइजर कम्पनीले विकास गरेको खोप लगाउन थालिएको हो।
अमेरिकामा बस्दै आएका नेपाली डाक्टर भास्कर के. क्षत्रीले समेत कोभिड-१९ भ्याक्सिन लगाएका छन्। उनले १६ डिसेम्बरमा खोपको पहिलो डोज लगाएका हुन्। अब तीन हप्तापछि खोपको दोस्रो डोज दिइनेछ।
अहिलेसम्मका तथ्यांकले ८० प्रतिशत बिरामीलाई सामान्य लक्षण देखिएका छन्। भने २० प्रतिशत बिरामी गम्भीर खालका देखिएका छन्। यो भाइजरको खोपले ९० देखि ९५ प्रतिशत सुरक्षा प्रदान गर्छ।
बिरामीको अवस्था देखेर खोप लगाउने निर्णयमा पुगेँ
डा. भास्कर डेढ महिना जति कोभिड-१९ संक्रमित बिरामीको उपचारमा संलग्न भए। त्यो दौरान उनले हजारौं बिरामीको उपचार गरे, भने संयौ बिरामीको सिटीस्क्यान समेत गरे।
कोभिड संक्रमित भएर फोक्सोमा निमोनिया भएका बिरामीको फोक्सो नै ड्यामेज भएको पाए। जसले गर्दा उनलाई जसरी पनि खोप लगाउनुपर्छ भन्ने लाग्यो।
“हस्पिटलमा कोरानाका बिरामीको उपचार गर्दै गर्दा उनीहरूको अवस्था कस्तो छ? कस्तो असर गर्दो रहेछ भनेर म हेरिरहेको हुन्छु। सिटी स्क्यान गर्दा मलाई त हरेक कुरा थाहा हुन्छ। यसरी बिरामीको उपचार गरिरहँदा धेरै जसो बिरामीको फोक्सो ड्यामेज भइरहेको देखेको छु”, उनले भने।
फोक्सोमा निमोनिया भएको मान्छे नमरे पनि जीन्दगी नै राम्रो नहुने उनको भनाई छ। उनले भने, “फोक्सोमा निमोनिया भयो भने मान्छे नमरेपनि त्यसको जीन्दगी राम्रो हुदैंन्। अक्सिन दिएर बचायो भने त्यो मान्छे मर्नु बाच्नुमा केही फरक पर्दैन्। कोरोनाले त्यस्तो अवस्था बनाउँछ।”
आफुले कोभिडका बिरामीको अवस्था प्रत्यक्ष देखिसकेपछि उनी भ्याक्सिन लगाउने निष्कर्षमा पुगेका हुन्। “म कोरोना संक्रमित भएर आफ्नो जीवनलाई सधैका लागि धरापमा राख्नुभन्दा त खोप लगाउनु बेस भनेर यो निर्णयमा पुगेको हुँ।” उनले भने।
खोप लगाउँदा कस्तो असर गर्छ ?
सामान्यतया जुनसुकै खोप लगाउँदा पनि सामान्यखाले असर गर्छ। त्यही अनुसार कोभिड-१९ खोप लगाउँदा पनि सामान्य असर गर्ने उनको भनाई छ।
“मलाई अलि पाखुरा देखेको थियो। अन्य केही साथीहरूलाई पनि शरिर दुख्ने, सामान्यखाले ज्वरो आउने, घाँटी दुख्ने भएको थियो। लक्षण भएकालाई यस्तो खालको असर गर्छ”, डा. भास्करले भने।
खोपले कति समयलाई काम गर्छ ?
यो खोपले कति वर्षसम्म र कस्तो काम गर्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाई छ। त्यसका लागि दुई वर्षपछि हाम्रो शरिरभित्र रहेको एन्टिबडी चेक गरेपछि मात्र थाहा हुने उनी बताउँछन्।
“अरू खोप जस्तै यो हरेक वर्ष लगाउनुपर्ने पनि हुनसक्छ। वा एक पटक लगाएको खण्डमा सधैलाई हुने पनि हुनसक्छ। त्यसका लागि कम्तिमा दुई वर्षपछि मात्र थाहा हुन्छ”, उनले भने।
सर्वसाधारणले खोप पाउन अमेरिकामै अझै केही समय लाग्छ। पहिलो प्राथमिकतामा फ्रन्टलाइनर परेका छन्। त्यसपछि विस्तारै सर्बसाधारणलाई लगाइने उनको भनाइ छ।
खोप लगाएपनि सावधानी अपनाउनैपर्छ
कोभिड-१९ को भ्याक्सिन लगाएपनि अहिलेको सावधानी अपनाउन छोड्न नहुने उनको भनाइ छ।
धेरैले कोरोनालाई मजाकको विषय बनाएको भन्दै त्यसले कस्तो असर गरेकोबारे उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकहरूलाई मात्र जानकारी हुने उनले बताए।
“यहाँ त कोरोनालाई मजाकको विषय बनाएका छन्। त्यसले कस्तो खालको असर गरेको हुन्छ भन्ने कुरा हामीले प्रत्यक्ष देखेका हुन्छौं”, उनले भने।
“बिरामीको उपचार गर्ने क्रममा उनीहरूको अवस्था देखेर आफुलाई निकै डर लाग्छ। तर, मानिसहरूले नबुझेर अफवाह हो भन्दै हिडेका देखिन्छ। यो नलाग्दा सम्म सबैलाई यस्तै लाग्छ। जब लागेर मृत्यु मुखबाट फर्किन्छन्। त्यसपछि थाहा हुन्छ”, उनले भने।
महामारी अन्त्य नहुँदासम्म खोप लगाएपनि मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने काम भने छोड्न नहुने उनी बताउँछन्।
“एउटाले खोप लगाए पनि खोप लगाएको व्यक्तिबाट नलगाएको व्यक्तिमा त संक्रमण हुनसक्छ। त्यसैले अहिले सावधानी अझै कम्तीमा दुई वर्ष कायमै राख्नुपर्छ”, उनले भने।
" /> काठमाडौं। अमेरिकामा कोभिड-१९ भ्याक्सिन लगाउन थालिएको छ। पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीले पहिलो डोज पाएका छन्। फाइजर कम्पनीले विकास गरेको खोप लगाउन थालिएको हो।अमेरिकामा बस्दै आएका नेपाली डाक्टर भास्कर के. क्षत्रीले समेत कोभिड-१९ भ्याक्सिन लगाएका छन्। उनले १६ डिसेम्बरमा खोपको पहिलो डोज लगाएका हुन्। अब तीन हप्तापछि खोपको दोस्रो डोज दिइनेछ।

">