चितवन। भरतपुर महानगरपालिका-१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेसन खाली भएको छ। कोरोना संक्रमितको संख्या घटेपछि आइसोलेसन खाली भएको हो।

चिकित्सालयका कार्यकारी निर्देशक डा. हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेसन रहेकाले थोरै संख्यामा संक्रमित बस्न डराउने गरेका छन्।

“यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेसनमा बस्न गए। त्यसपछि चिकित्सालयको आइसोलेसन खाली भएको हो,” कोइरालाले भने, “आइसोलेसन बन्द गरेका छैनांै। खाली भएको हो।”

गत भदौ १४ गतेबाट सुरू गरिएको आइसोलेसनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन्। एकै साथ ठूलो संख्यामा संक्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेसन राखिएको छ।

हाल देखिएका संक्रमित भरतपुर अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा बस्दै आएका छन्। जिल्लामा संक्रमित थपिने दर पनि निकै कम भएको छ।

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो। आइसोलेसनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ।

नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेसनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो।

निर्देशक डा. कोइरालाका अनुसार संक्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो। यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ। यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको थिइए।

यस्तै नियमित व्यायाम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो। सो आइसोलेसनमा आठ महिनादेखि ८५ वर्षसम्मका संक्रमितले सेवा लिएका थिए। आइसोलेसनमा आएका संक्रमित सात दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका थिए।

सामान्य लक्षण देखिएकालाई समेत आइसोलेसनमा राखेर उपचार गरिएको थियो। जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए।

जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन्। हाल २९१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये २६४ जना होम आइसोलेसन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितमध्ये  महानगरका २३५ जना छन्। रासस

" /> चितवन। भरतपुर महानगरपालिका-१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेसन खाली भएको छ। कोरोना संक्रमितको संख्या घटेपछि आइसोलेसन खाली भएको हो।

चिकित्सालयका कार्यकारी निर्देशक डा. हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेसन रहेकाले थोरै संख्यामा संक्रमित बस्न डराउने गरेका छन्।

“यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेसनमा बस्न गए। त्यसपछि चिकित्सालयको आइसोलेसन खाली भएको हो,” कोइरालाले भने, “आइसोलेसन बन्द गरेका छैनांै। खाली भएको हो।”

गत भदौ १४ गतेबाट सुरू गरिएको आइसोलेसनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन्। एकै साथ ठूलो संख्यामा संक्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेसन राखिएको छ।

हाल देखिएका संक्रमित भरतपुर अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा बस्दै आएका छन्। जिल्लामा संक्रमित थपिने दर पनि निकै कम भएको छ।

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो। आइसोलेसनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ।

नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेसनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो।

निर्देशक डा. कोइरालाका अनुसार संक्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो। यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ। यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको थिइए।

यस्तै नियमित व्यायाम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो। सो आइसोलेसनमा आठ महिनादेखि ८५ वर्षसम्मका संक्रमितले सेवा लिएका थिए। आइसोलेसनमा आएका संक्रमित सात दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका थिए।

सामान्य लक्षण देखिएकालाई समेत आइसोलेसनमा राखेर उपचार गरिएको थियो। जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए।

जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन्। हाल २९१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये २६४ जना होम आइसोलेसन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितमध्ये  महानगरका २३५ जना छन्। रासस

"> कोरोना संक्रमितको संख्या घटेपछि बागेश्वरीको आइसोलेसन खाली: Dekhapadhi यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेसनमा बस्न गए। त्यसपछि चिकित्सालयको आइसोलेसन खाली भएको हो। ">
कोरोना संक्रमितको संख्या घटेपछि बागेश्वरीको आइसोलेसन खाली
चितवन। भरतपुर महानगरपालिका-१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेसन खाली भएको छ। कोरोना संक्रमितको संख्या घटेपछि आइसोलेसन खाली भएको हो।

चिकित्सालयका कार्यकारी निर्देशक डा. हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेसन रहेकाले थोरै संख्यामा संक्रमित बस्न डराउने गरेका छन्।

“यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेसनमा बस्न गए। त्यसपछि चिकित्सालयको आइसोलेसन खाली भएको हो,” कोइरालाले भने, “आइसोलेसन बन्द गरेका छैनांै। खाली भएको हो।”

गत भदौ १४ गतेबाट सुरू गरिएको आइसोलेसनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन्। एकै साथ ठूलो संख्यामा संक्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेसन राखिएको छ।

हाल देखिएका संक्रमित भरतपुर अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा बस्दै आएका छन्। जिल्लामा संक्रमित थपिने दर पनि निकै कम भएको छ।

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो। आइसोलेसनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ।

नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेसनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो।

निर्देशक डा. कोइरालाका अनुसार संक्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो। यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ। यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको थिइए।

यस्तै नियमित व्यायाम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो। सो आइसोलेसनमा आठ महिनादेखि ८५ वर्षसम्मका संक्रमितले सेवा लिएका थिए। आइसोलेसनमा आएका संक्रमित सात दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका थिए।

सामान्य लक्षण देखिएकालाई समेत आइसोलेसनमा राखेर उपचार गरिएको थियो। जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए।

जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन्। हाल २९१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये २६४ जना होम आइसोलेसन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितमध्ये  महानगरका २३५ जना छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्