सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, अछाम र बझाङ जिल्लामा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३ नमूनाको परीक्षण गरिएको थियो। कोरोना भाइरसका नयाँ थपिएका समेत आजसम्म १३ हजार ९१ सङ्क्रमित पुगेका छन्।
आजसम्म कैलाली २६, कञ्चनपुर १०, बझाङ र डडेलधुरामा तीन/तीन, अछाम, बाजुरा र दार्चुलामा दुई/दुई र बैतडी र डोटीमा एक/एक जनासमेत ५० जना सङ्क्रमितको मृत्यु भएको छ। सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन।
कोरोना सङ्क्रमित भई उपचार व्यवस्थापनपछि १० हजार ६७६ जना घर फर्किएका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा दुईको सघन उपचारकक्ष र एकजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ। रुघाखोकी हुने र ज्वरो आउने कोरोना भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्दा पनि नमूना सङ्कलनमा कमी आएको देखिएको जनाइएको छ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायले दैनिक कोरोना भाइरसका शङ्कास्पद १०० जनाको नमूना सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्य पूरा नसकिरहेको बताए।
प्रदेशमा पछिल्लो महिनामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित बिरामी र जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ। सक्रिय सङ्क्रमित बिरामी दुई हजार ५४२ जना पुगेका छन्। रासस
" /> सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, अछाम र बझाङ जिल्लामा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।आजसम्म कैलाली २६, कञ्चनपुर १०, बझाङ र डडेलधुरामा तीन/तीन, अछाम, बाजुरा र दार्चुलामा दुई/दुई र बैतडी र डोटीमा एक/एक जनासमेत ५० जना सङ्क्रमितको मृत्यु भएको छ। सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन।

">