पोखरा। कोभिड-१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप आइतबारदेखि खुला गरिएको छ। स्तूपको शनिबार विधिवत् रूपमा विशेष पूजाअर्चना गरेर खुला गरिएको हो।
“कोभिड-१९ को कारण स्तूप बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सतर्कतासहित विधिवत् पूजा गरेर खुला गरेका हौँ,” स्तूपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने। उनले जापानको निप्पोजान मेहोजिल जापानी परम्पराअनुसार जापानी भिक्षुहरूबाट, थेरवादी परम्पराअनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरूबाट पूजा सम्पन्न गरिएको जानकारी दिए।
उनका अनुसार स्तूप दर्शनार्थीको सुस्वास्थ निरोगिता र मंगलको कामना गरेर पूजा गरिएको हो। स्तूप बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहने छ भने स्तूपमा आउने पर्यटकले अनिवार्य रूपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ। पोखरा महानगरपालिका-२२ स्थित अनदुडाँडामा रहेको सो स्तूप पोखरादेखि करीब पाँच किलोमिटर दूरीमा रहेको छ भने करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ।
बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थलका रूपमा मानिने स्तूप २०३० सालमा ३५ फिटसम्म निर्माण गरिए पनि पञ्चायतकालमा भत्काएर पुनः प्रजातन्त्रको पुनर्बर्हाली भएपछि निर्माण अनुमति पाएको थियो। पञ्चायत सरकारले भिक्षु र जग्गादातालाई जेल हालेको थियो। सो जग्गा तत्कालीन रक्षामन्त्री मीनबहादुर गुरुङ र कृष्णबहादुर गुरुङले उपलब्ध गराएका थिए।
पुनः २०४९ सालमा जापानको निप्पोजान मेहोजिल भन्ने जापानी संस्था र पोखरामा रहेको धर्मशिला बुद्धविहारकोे सक्रियतामा निर्माण कार्य थालेर २०५६ सालमा सम्पन्न गरिएको थियो। बुद्ध जन्मेको देशमा बुद्धको मन्दिर नै भत्काइयो भनेर भिक्षुहरूले सो घटनालाई धार्मिक मारको संज्ञा दिई आलोचना गरेका थिए। तत्पश्चात् विश्वका ठूला–ठूला भिक्षुले बुद्धको आठ अस्थीधातु ल्याएर सो स्थानमा विधिवत् निधान गरी धार्मिक विजयको कामना गरेका थिए। ११५ फिट अग्लो स्तूपको ३४४ फिट गोलाइ छ भने स्तूपाको गजुरमा चाँदीको गजुरमा सुनको जलप लगाइएको छ।
स्तूपमा दर्शनार्थीले एवं पर्यटकलाई निःशुल्क प्रवेश दिइन्छ। स्तूपा मर्मतसम्भार एवं नियमित आम्दानी नभएकाले स्थानीय सरकारले पर्यटकीय एवं धार्मिक गन्तव्यका लागि संरक्षण, संवर्द्धनका लागि बजेट छुट्टाउनुपर्ने बुद्धाचार्यको माग छ।
स्तूपमा परिसरमा १० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय राजु क्षेत्रीले स्तूप बन्द रहेको समयमा आन्तरिक पर्यटक आउने गरेको बताए। “यो बुद्ध धर्मावलम्बी र अन्य पर्यटकको लागि निकै आर्कषक स्थल हो, बन्दाबन्दीको समयमा केही आन्तरिक पर्यटक आउँथे, बन्द भएका कारण बाहिरबाट नै आसपासको दृश्यावलोकन गरेर फर्कने गरेका थिए, अब स्तूप खुला भएको पर्यटकले स्तूपमै आएर दर्शन गर्न र सुन्दर दृश्यावलोकन गर्न सक्नेछन्।”
उनले अहिले पर्यटकको आगमन सुस्ताएको समयमा स्थानीय सरकारले पर्यटकीय गन्तव्यका बाटोघाटो र अन्य पूर्वाधार विकासमा जोड दिन सके पर्यटक आउन समयका लागि सहज हुने र सकारात्मक सन्देश जाने बताए।
स्तूपबाट फेवाताल, पोखरा बजार र आसपासका मनमोहक दृश्यको दृश्यावलोकन गर्न सकिन्छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखराका धार्मिक एवं पर्यटकीय गन्तव्य खुल्दै गएको बताउँछन्। “अब पोखराका प्रायः धार्मिक एवं पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका छन्,” उनी भन्छन्, “अब मुक्तिनाथ मन्दिर पनि खुला भयो भने यस क्षेत्रमा पर्यटन चलायमान हुनेछ।”
कोभिड-१९ सँगसँगै स्वास्थ्य सतर्कता अपनाएर पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने उनको भनाइ छ। उनले पोखराआसापासका पर्यटकीय गन्तव्य र विभिन्न धार्मिक मठमन्दिर खुला गर्नका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहेको जानकारी दिए।
रासस
" /> पोखरा। कोभिड-१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप आइतबारदेखि खुला गरिएको छ। स्तूपको शनिबार विधिवत् रूपमा विशेष पूजाअर्चना गरेर खुला गरिएको हो।“कोभिड-१९ को कारण स्तूप बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सतर्कतासहित विधिवत् पूजा गरेर खुला गरेका हौँ,” स्तूपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने। उनले जापानको निप्पोजान मेहोजिल जापानी परम्पराअनुसार जापानी भिक्षुहरूबाट, थेरवादी परम्पराअनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरूबाट पूजा सम्पन्न गरिएको जानकारी दिए।

">