काठमाडौँ। उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनर्निर्माण सम्पन्न गरी क्षमापूजा गरेसँगै सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। त्यसअघि पनि मन्दिर पुनर्निर्माण शुरु भइसकेकाले मूल मूर्तिमा नभई चन्द्रविनायक तस्बीर अङ्कित प्रतिमामा मात्र भक्तजनलाई दर्शन गराइन्थ्यो।

चाबहिल गणेशसमेत भनिने चन्द्रविनायक पुनर्निर्माण सम्पन्न भएसँगै भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका ४७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिएका छन्। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए। मन्दिर पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग र स्थानीय नवीन गोर्खालीको संयोजकत्वमा रहेको चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डललगायतको सहयोग रहेको कोषले जनाएको छ।

बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ। घाउ खटिरा एवं चर्म रोग हुनेले पनि चन्द्रविनायकका पूजा आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन्। प्रत्येक हप्ताको मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

निर्माण कम्पनी पी आर कन्स्ट्रक्सनले एक करोड ३० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरेको हो। यो मन्दिरसमेत पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन्। पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ। विश्वरूप मन्दिर, गौरीघाटलगायत सात सम्पदा खरीद प्रक्रियामा रहेका छन्। पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिएका छन्।

साढे पाँच वर्ष अघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको प्राधिकरणले जनाएको छ। त्यसमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ। हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ।

रासस

" /> काठमाडौँ। उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनर्निर्माण सम्पन्न गरी क्षमापूजा गरेसँगै सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। त्यसअघि पनि मन्दिर पुनर्निर्माण शुरु भइसकेकाले मूल मूर्तिमा नभई चन्द्रविनायक तस्बीर अङ्कित प्रतिमामा मात्र भक्तजनलाई दर्शन गराइन्थ्यो।

चाबहिल गणेशसमेत भनिने चन्द्रविनायक पुनर्निर्माण सम्पन्न भएसँगै भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका ४७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिएका छन्। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए। मन्दिर पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग र स्थानीय नवीन गोर्खालीको संयोजकत्वमा रहेको चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डललगायतको सहयोग रहेको कोषले जनाएको छ।

बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ। घाउ खटिरा एवं चर्म रोग हुनेले पनि चन्द्रविनायकका पूजा आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन्। प्रत्येक हप्ताको मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

निर्माण कम्पनी पी आर कन्स्ट्रक्सनले एक करोड ३० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरेको हो। यो मन्दिरसमेत पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन्। पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ। विश्वरूप मन्दिर, गौरीघाटलगायत सात सम्पदा खरीद प्रक्रियामा रहेका छन्। पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिएका छन्।

साढे पाँच वर्ष अघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको प्राधिकरणले जनाएको छ। त्यसमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ। हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ।

रासस

"> चाबहिलको चन्द्रविनायक मन्दिर पुनर्निर्माण सम्पन्न: Dekhapadhi
चाबहिलको चन्द्रविनायक मन्दिर पुनर्निर्माण सम्पन्न
काठमाडौँ। उपत्यकाका चार विनायकमध्येको चावहिलस्थित चन्द्रविनायक मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनर्निर्माण सम्पन्न गरी क्षमापूजा गरेसँगै सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। त्यसअघि पनि मन्दिर पुनर्निर्माण शुरु भइसकेकाले मूल मूर्तिमा नभई चन्द्रविनायक तस्बीर अङ्कित प्रतिमामा मात्र भक्तजनलाई दर्शन गराइन्थ्यो।

चाबहिल गणेशसमेत भनिने चन्द्रविनायक पुनर्निर्माण सम्पन्न भएसँगै भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रका ४७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिएका छन्। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए। मन्दिर पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग र स्थानीय नवीन गोर्खालीको संयोजकत्वमा रहेको चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डललगायतको सहयोग रहेको कोषले जनाएको छ।

बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास छ। घाउ खटिरा एवं चर्म रोग हुनेले पनि चन्द्रविनायकका पूजा आराधना र दर्शन गरेमा ठीक हुने धार्मिक आस्थाले हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन्। प्रत्येक हप्ताको मङ्गलबार र शनिबार मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

निर्माण कम्पनी पी आर कन्स्ट्रक्सनले एक करोड ३० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरेको हो। यो मन्दिरसमेत पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन्। पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ। विश्वरूप मन्दिर, गौरीघाटलगायत सात सम्पदा खरीद प्रक्रियामा रहेका छन्। पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिएका छन्।

साढे पाँच वर्ष अघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको प्राधिकरणले जनाएको छ। त्यसमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ। हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्