काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ८ हजार ९९० जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (मंगलबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ८० हजार ८५० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड १६ लाख ५१ हजार ९३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये पाँच करोड ७७ लाख ३२ हजार २७२ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २१ लाख ३८ हजार ८१२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ४३ हजार ७२ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ८५६ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९१ हजार ६४१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार १९० जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २२ हजार ४२६, बेलायतमा ७१ हजार १०९, इटलीमा ७२ हजार ३७०, फ्रान्समा ६३ हजार १०९, स्पेनमा ५० हजार १२२, इरानमा ५४ हजार ८१४, पेरूमा ३७ हजार ५२५, अर्जेन्टिनामा ४२ हजार ८६८, कोलम्बियामा ४२ हजार ३७४ तथा रसियामा ५५ हजार २६५ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र ८ हजार ९९० जना संक्रमितले ज्यान गुमाएका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (मंगलबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ८० हजार ८५० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड १६ लाख ५१ हजार ९३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

">