काठमाडौं। जुम्लाका विराज भण्डारी। एक जना विद्यार्थी। तर उनले अर्को भिन्नै परिचय बनाएका छन् अर्थात् ‘लिफ आर्टिस्ट’ (पातमा चित्र बनाउने कलाकार) विराज भण्डारी।

‘‘लिफ आर्ट सामाजिक सञ्जालमा देखेको थिएँ। तर कसरी बनाउने भन्ने थाहा थिएन। बनाउन सकिन्छ कि भनेर प्रयास गरेँ र सफल भएपछि काम अघि बढाएको हुँ,’’ भण्डारीले भने।

उनले अहिलेसम्म ६०० भन्दा बढी पातमा आर्ट भरिसकेका छन्। उनले पीपलको पातमा विभिन्न व्यक्ति वा वस्तुको तस्वीर बनाउने काम गरिरहेका छन्।

उनी थप्छन्, ‘‘लकडाउन भयो। के गरौँ, कसो गरौँ भन्ने थियो नै। त्यो खाली समयमा केही पेन्सिल स्केचहरू बनाउने गरेको थिएँ। त्यही समयमा आर्टसम्बन्धी प्रतिस्पर्धा पनि भयो। त्यहाँ म विजेता बनेँ। यसले केही नयाँ दिन सकिन्छ कि भन्ने खोजी गर्ने सिलसिलामा लिफ आर्ट बनेको हो।’’

उनले सबैभन्दा पहिला ओखरको पातमा नेपालको नक्सा बनाएका थिए, जुन नक्सामा लिपुलेकसमेत समेटिएको थियो। त्यो तस्वीर सामाजिक सञ्जालमा हाले। यसबाट उनलाई निकै राम्रो प्रतिक्रिया आयो। त्यसपछि उनको दैनिकी बन्यो पातमा नयाँ-नयाँ तस्वीर उतार्ने।

‘‘ओखरपछि अंगुरको पातमा पनि आर्ट बनाएँ। तेस्रो पटक पीपलको पातमा बनाएँ। त्यो पात अलि कडा हुने भएकाले सजिलो लाग्यो। र, अहिले यसैमा बनाइरहेको छु,’’ भण्डारीले भने।

जब उनले पातमा आर्ट भर्न थाले तब जिल्ला, नगरपालिकाबाट सम्मान पाउन थाले। अब उनको आर्ट कोठामा मात्र सीमित हुनु हुँदैन भन्ने बहस हुन थाल्यो। शैक्षिक सामग्रीका रूपमासमेत प्रयोग हुने कुरा आयो।

उनी भन्छन्, ‘‘मैले बिक्री गर्ने सम्बन्धमा केही सोचेकै थिइनँ।  आर्टको कुनै मूल्य तोकेको पनि होइन। तर, एउटा आर्टको २५ सयदेखि ३५ सय रूपैयाँसम्म दिनुभयो।’’

मिहेनत, क्रियटिभिटी (रचनात्मकता) र फ्रेमलगायतको हिसाब गरेर यो मूल्य खरिद गर्ने व्यक्ति आफैंले दिने गरेको विराज बताउँछन्।

आर्टले मूल्य पाएसँगै विभिन्न सल्लाह र सुझावसमेत उनलाई आउन थाले। आर्टलाई लेमिलेसन, फ्रेमिङ र कतिपय ख्यातिप्राप्त व्यक्तिको आर्टमा उनीहरूको थप विवरणसमेत राख्ने काम भएको हो।

‘‘सुरूमा त आर्टमा तस्वीर कसको हो, उसको नाम मात्र लेख्थेँ। तर पछि ख्यातिप्राप्त र राष्ट्रिय विभूतिहरूको नामसँगै उनीहरूको योगदान र उनीहरू को हुन् भनेर थोरै व्याख्या तल थपेको हो। क्रमिक सुधार भइरहेको छ,’’ भण्डारीले भने।

सुरू-सुरूमा बनाएको कति आर्ट त यतिकै खेर गएको उनी बताउँछन्। पछि लेमिलेसन गरेर राख्ने र फ्रेमिङ पनि गर्न थालेपछि भने आर्टको संरक्षण पनि भएको छ।

सुरूमा उनले विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको आकृति पातमा उतार्ने गरेका थिए। तर पछिल्लो समय व्यक्तिगत रूपमा पनि नयाँ उपहार दिन जन्मदिनलगायतमा आर्ट बनाउन आग्रह गरेपछि त्यस्ता प्रकारका तस्वीर पनि उनले बनाउने गरेका छन्।

" /> काठमाडौं। जुम्लाका विराज भण्डारी। एक जना विद्यार्थी। तर उनले अर्को भिन्नै परिचय बनाएका छन् अर्थात् ‘लिफ आर्टिस्ट’ (पातमा चित्र बनाउने कलाकार) विराज भण्डारी।

"> लकडाउनमा सिकेको ‘लिफ आर्ट’ बाट नामसँगै दाम कमाउँदै विराज (भिडिओसहित): Dekhapadhi
लकडाउनमा सिकेको ‘लिफ आर्ट’ बाट नामसँगै दाम कमाउँदै विराज (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्