काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सान्क्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन्। नेपालमा एक रूपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ।
लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रूपैयाँ दान दिएर अभियानमा ऐक्यबद्धता जनाउनु भएको हो। घिसिङले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्त्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत् केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए। अभियान गत कात्तिकमा सुरु गरिएको थियो।
युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तराष्ट्रिय स्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन्। विभिन्न मुलुकका सोधकर्ताहरू रहने खोज अनुसन्धान केन्द्र रहनेछ। यसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तकहरूको संकलन, चर्चा, व्याख्या गर्नेछन्।
जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ। केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मूर्ति राखिने गरी डिजाइन गरिएको छ। अत्याधुनिक प्रविधि र सामाग्रीहरू प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ ।
महायानी सम्प्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको १२० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ। विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरूले समेत साधना गर्ने स्थलको रूपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो। लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ।
" /> काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सान्क्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन्। नेपालमा एक रूपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ।लुम्बिनीमा बुधबार भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रूपैयाँ दान दिएर अभियानमा ऐक्यबद्धता जनाउनु भएको हो। घिसिङले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्त्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे।

">