काठमाडौँ। कोरोना महामारीका कारण वर्ष २०२० सबैका निम्ति चिन्तापूर्ण रह्यो। २०२१ मा यो महामारीविरुद्ध भ्याक्सिन उपलब्ध हुने तथा भाइरस कमजोर बन्दै जाने अपेक्षा गरिएको छ। अबको केही घण्टामा नयाँ वर्ष सुरु हुँदै छ। तर नयाँ वर्षको स्वागत हर्षोल्लासपूर्ण हुन सकेको छैन।

मानिसहरू २०२० को सन्त्रस्त समय र संकटलाई भुल्न चाहन्छन्। यही कारण पनि नयाँ वर्षको प्रतीक्षा बेचैनीसँग गरिएको हो। तर, कोरोना महामारीले वर्ष दिनसम्म पनि नछाडेपछि नयाँ वर्षको स्वागत नै खल्लो हुन पुगेको छ।

चीनको वुहानमा २०१९ डिसेम्बरको अन्तिम साता देखापरेको यो ज्यानमारा भाइरसले विश्वको यात्रा गरिसकेको छ। संसारका कुनै पनि कुनालाई यसले चोखो बस्न दिएको छैन। यो अदृश्य भाइरसले हालसम्म १८ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। करोडौं मानिसको रोजगारी गएको छ भने अर्बौं लगानी डुबेको छ।

एक प्रकारले सन् २०२० पृथ्वीका लागि एउटा कालो समयका रूपमा रह्यो। मानिसहरू त्यो कालोबाट उज्यालोतर्फको यात्रा गर्न चाहन्छन्। कोरोनाको भयावह समयबाट मुक्ति चाहन्छन्। तर, फेरि नयाँखाले कोरोनाको सन्त्रासको खतरा देखिन थालेको छ। यही कारण पनि मानिसहरूले नयाँ वर्षको दिल खोलेर स्वागत गर्न पाएनन्।

चाहे क्रिसमस होस्, चाहे नयाँ वर्ष मानिसहरू सभागार, खुल्ला मैदान, रेस्टुराँ-होटललगायतमा जम्मा भएर मनाउने गर्थे। तर, कतिपय देशका प्रशासनले भीड जम्मा हुन र ठूलो कार्यक्रम गर्न लगाएको रोक कायमै छ।

न्युयोर्कको टाइम्स स्क्वायरदेखि अस्ट्रेलियाको सिड्नी हार्बर यतिखेर अनलाइन कार्यक्रममा सीमित हुन पुगेका छन्। लस भेगास तथा पेरिसको आर्क डी ट्रियोम्फमा नयाँ वर्षमा हुने आतिशबाजी कार्यक्रम रद्द गरिएको छ। जर्मनीले त आफ्नो देशमा नयाँ वर्षमा गरिने आतिशबाजीमा प्रयोग हुने पटाका बिक्रीमै प्रतिबन्ध लगाएको छ। लन्डनको थेम्स नदीमा हुने नयाँ वर्ष कार्यक्रम कडा लकडाउनका कारण रद्द भएको छ।

नेदरल्यान्ड्सलगायतका देशमा यसअघि नयाँ वर्षको कार्यक्रम निकै भव्य हुने गरेको थियो, ती सबै अहिले स्थगित गरिएका छन्।

कतिपय देशका वासिन्दाले महामारीलाई जितेको जस्तौ गरी सामान्य जीवन बिताउन र काममा फर्कन थालेका छन्। तर, अवस्था अझै सहज भइसकेको छैन। यो दुष्ट विषाणुले कहिले कुनै समाजमा आक्रमण गर्ने हो, यसै भन्न सकिन्न।

नयाँ वर्ष त अर्को साल पनि आउँछ तर जीवन फर्कंदैन। यसकारण पनि नयाँ वर्ष आफ्नै घर वा सानो जमघटमा सुरक्षित ढंगमा मनाउन सरकारहरूले आग्रह गरिरहेका छन्। निश्चित रूपमा, नयाँ वर्ष २०२२ लाई हामी नयाँ सामान्य अवस्थामा फर्किएर धुमधामसँग मनाउन पाउनेछौँ।

" /> काठमाडौँ। कोरोना महामारीका कारण वर्ष २०२० सबैका निम्ति चिन्तापूर्ण रह्यो। २०२१ मा यो महामारीविरुद्ध भ्याक्सिन उपलब्ध हुने तथा भाइरस कमजोर बन्दै जाने अपेक्षा गरिएको छ। अबको केही घण्टामा नयाँ वर्ष सुरु हुँदै छ। तर नयाँ वर्षको स्वागत हर्षोल्लासपूर्ण हुन सकेको छैन।

मानिसहरू २०२० को सन्त्रस्त समय र संकटलाई भुल्न चाहन्छन्। यही कारण पनि नयाँ वर्षको प्रतीक्षा बेचैनीसँग गरिएको हो। तर, कोरोना महामारीले वर्ष दिनसम्म पनि नछाडेपछि नयाँ वर्षको स्वागत नै खल्लो हुन पुगेको छ।

चीनको वुहानमा २०१९ डिसेम्बरको अन्तिम साता देखापरेको यो ज्यानमारा भाइरसले विश्वको यात्रा गरिसकेको छ। संसारका कुनै पनि कुनालाई यसले चोखो बस्न दिएको छैन। यो अदृश्य भाइरसले हालसम्म १८ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। करोडौं मानिसको रोजगारी गएको छ भने अर्बौं लगानी डुबेको छ।

एक प्रकारले सन् २०२० पृथ्वीका लागि एउटा कालो समयका रूपमा रह्यो। मानिसहरू त्यो कालोबाट उज्यालोतर्फको यात्रा गर्न चाहन्छन्। कोरोनाको भयावह समयबाट मुक्ति चाहन्छन्। तर, फेरि नयाँखाले कोरोनाको सन्त्रासको खतरा देखिन थालेको छ। यही कारण पनि मानिसहरूले नयाँ वर्षको दिल खोलेर स्वागत गर्न पाएनन्।

चाहे क्रिसमस होस्, चाहे नयाँ वर्ष मानिसहरू सभागार, खुल्ला मैदान, रेस्टुराँ-होटललगायतमा जम्मा भएर मनाउने गर्थे। तर, कतिपय देशका प्रशासनले भीड जम्मा हुन र ठूलो कार्यक्रम गर्न लगाएको रोक कायमै छ।

न्युयोर्कको टाइम्स स्क्वायरदेखि अस्ट्रेलियाको सिड्नी हार्बर यतिखेर अनलाइन कार्यक्रममा सीमित हुन पुगेका छन्। लस भेगास तथा पेरिसको आर्क डी ट्रियोम्फमा नयाँ वर्षमा हुने आतिशबाजी कार्यक्रम रद्द गरिएको छ। जर्मनीले त आफ्नो देशमा नयाँ वर्षमा गरिने आतिशबाजीमा प्रयोग हुने पटाका बिक्रीमै प्रतिबन्ध लगाएको छ। लन्डनको थेम्स नदीमा हुने नयाँ वर्ष कार्यक्रम कडा लकडाउनका कारण रद्द भएको छ।

नेदरल्यान्ड्सलगायतका देशमा यसअघि नयाँ वर्षको कार्यक्रम निकै भव्य हुने गरेको थियो, ती सबै अहिले स्थगित गरिएका छन्।

कतिपय देशका वासिन्दाले महामारीलाई जितेको जस्तौ गरी सामान्य जीवन बिताउन र काममा फर्कन थालेका छन्। तर, अवस्था अझै सहज भइसकेको छैन। यो दुष्ट विषाणुले कहिले कुनै समाजमा आक्रमण गर्ने हो, यसै भन्न सकिन्न।

नयाँ वर्ष त अर्को साल पनि आउँछ तर जीवन फर्कंदैन। यसकारण पनि नयाँ वर्ष आफ्नै घर वा सानो जमघटमा सुरक्षित ढंगमा मनाउन सरकारहरूले आग्रह गरिरहेका छन्। निश्चित रूपमा, नयाँ वर्ष २०२२ लाई हामी नयाँ सामान्य अवस्थामा फर्किएर धुमधामसँग मनाउन पाउनेछौँ।

"> नयाँ वर्षको ‘खल्लो’ स्वागत: Dekhapadhi अबको केही घण्टामा नयाँ वर्ष सुरु हुँदै छ। तर नयाँ वर्षको स्वागत हर्षोल्लासपूर्ण हुन सकेको छैन।
• एक प्रकारले सन् २०२० पृथ्वीका लागि एउटा कालो समयका रूपमा रह्यो। मानिसहरू त्यो कालोबाट उज्यालोतर्फको यात्रा गर्न चाहन्छन्। कोरोनाको भयावह समयबाट मुक्ति चाहन्छन्।
• नयाँ वर्ष त अर्को साल पनि आउँछ। तर, जीवन फर्कंदैन। यसकारण पनि नयाँ वर्ष आफ्नै घर वा सानो जमघटमा सुरक्षित ढंगमा मनाउन सरकारहरूले आग्रह गरिरहेका छन्।

नयाँ वर्षको ‘खल्लो’ स्वागत
काठमाडौँ। कोरोना महामारीका कारण वर्ष २०२० सबैका निम्ति चिन्तापूर्ण रह्यो। २०२१ मा यो महामारीविरुद्ध भ्याक्सिन उपलब्ध हुने तथा भाइरस कमजोर बन्दै जाने अपेक्षा गरिएको छ। अबको केही घण्टामा नयाँ वर्ष सुरु हुँदै छ। तर नयाँ वर्षको स्वागत हर्षोल्लासपूर्ण हुन सकेको छैन।

मानिसहरू २०२० को सन्त्रस्त समय र संकटलाई भुल्न चाहन्छन्। यही कारण पनि नयाँ वर्षको प्रतीक्षा बेचैनीसँग गरिएको हो। तर, कोरोना महामारीले वर्ष दिनसम्म पनि नछाडेपछि नयाँ वर्षको स्वागत नै खल्लो हुन पुगेको छ।

चीनको वुहानमा २०१९ डिसेम्बरको अन्तिम साता देखापरेको यो ज्यानमारा भाइरसले विश्वको यात्रा गरिसकेको छ। संसारका कुनै पनि कुनालाई यसले चोखो बस्न दिएको छैन। यो अदृश्य भाइरसले हालसम्म १८ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। करोडौं मानिसको रोजगारी गएको छ भने अर्बौं लगानी डुबेको छ।

एक प्रकारले सन् २०२० पृथ्वीका लागि एउटा कालो समयका रूपमा रह्यो। मानिसहरू त्यो कालोबाट उज्यालोतर्फको यात्रा गर्न चाहन्छन्। कोरोनाको भयावह समयबाट मुक्ति चाहन्छन्। तर, फेरि नयाँखाले कोरोनाको सन्त्रासको खतरा देखिन थालेको छ। यही कारण पनि मानिसहरूले नयाँ वर्षको दिल खोलेर स्वागत गर्न पाएनन्।

चाहे क्रिसमस होस्, चाहे नयाँ वर्ष मानिसहरू सभागार, खुल्ला मैदान, रेस्टुराँ-होटललगायतमा जम्मा भएर मनाउने गर्थे। तर, कतिपय देशका प्रशासनले भीड जम्मा हुन र ठूलो कार्यक्रम गर्न लगाएको रोक कायमै छ।

न्युयोर्कको टाइम्स स्क्वायरदेखि अस्ट्रेलियाको सिड्नी हार्बर यतिखेर अनलाइन कार्यक्रममा सीमित हुन पुगेका छन्। लस भेगास तथा पेरिसको आर्क डी ट्रियोम्फमा नयाँ वर्षमा हुने आतिशबाजी कार्यक्रम रद्द गरिएको छ। जर्मनीले त आफ्नो देशमा नयाँ वर्षमा गरिने आतिशबाजीमा प्रयोग हुने पटाका बिक्रीमै प्रतिबन्ध लगाएको छ। लन्डनको थेम्स नदीमा हुने नयाँ वर्ष कार्यक्रम कडा लकडाउनका कारण रद्द भएको छ।

नेदरल्यान्ड्सलगायतका देशमा यसअघि नयाँ वर्षको कार्यक्रम निकै भव्य हुने गरेको थियो, ती सबै अहिले स्थगित गरिएका छन्।

कतिपय देशका वासिन्दाले महामारीलाई जितेको जस्तौ गरी सामान्य जीवन बिताउन र काममा फर्कन थालेका छन्। तर, अवस्था अझै सहज भइसकेको छैन। यो दुष्ट विषाणुले कहिले कुनै समाजमा आक्रमण गर्ने हो, यसै भन्न सकिन्न।

नयाँ वर्ष त अर्को साल पनि आउँछ तर जीवन फर्कंदैन। यसकारण पनि नयाँ वर्ष आफ्नै घर वा सानो जमघटमा सुरक्षित ढंगमा मनाउन सरकारहरूले आग्रह गरिरहेका छन्। निश्चित रूपमा, नयाँ वर्ष २०२२ लाई हामी नयाँ सामान्य अवस्थामा फर्किएर धुमधामसँग मनाउन पाउनेछौँ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्