काठमाडौं। छिमेकी भारतका कयौं क्षेत्र र नेपालमा यतिखेर चिसो अधिक बढेको छ। भारतका दिल्ली, हरियाणा, पञ्जाब, चन्डीगढलगायत नेपालका कतिपय तराई-मधेसका जिल्लामा शीतलहर चलिरहेको छ। यस्तो अवस्थामा रक्सी पिउन नहुने चिकित्सकहरू बताउँछन्। चिसोले हाइपोथर्मिया तथा फ्रस्टबाइटजस्ता गम्भीर समस्या हुन सक्छ।
हाइपोथर्मिया हुँदा मानिसको शरीरको तापमान असामान्य रुपमा एक बिन्दुमा पुग्छ र अंगले काम गर्न छाड्छ। फ्रस्टबाइटले औंला, अनुहार तथा आँखावरपरका भाग सुन्निन सक्छ। चिसोबाट जोगिन बाहिर निस्कन नहुने विशेषज्ञहरू बताउँछन्।
भारतीय मौसम विभागले निर्देशिकामा रक्सी नपिउन सल्लाह दिएको छ। रक्सीले शरीरको तापक्रम घटाइदिने हुनाले हानिकारक हुने विभागको भनाइ छ। मौसम विभागले गत २५ तारिख जारी गरेको निर्देशिकामा रक्सी नपिउन सल्लाह दिएको हो।
संसारमा यस्ता कयौं देश छन्, जहाँ तापक्रम निकै कम हुन्छ र त्यहाँ रक्सी अधिक उपयोग हुने गर्छ। रुस, बेलारुस तथा लिथुआनियाजस्ता देशमा तापक्रम निकै कम हुन्छ। ती देशका वासिन्दा रक्सी पिउने मामिलामा संसारमै अगाडि छन्।
लामो समयदेखि मानिसहरू चिसोमा रक्सी बढी पिउने गर्दै आएका थिए। त्यसले शरीरको तापक्र बढाउने विश्वास गरिन्थ्यो। तर, अहिले अचानक किन चिसोमा रक्सी पिउन नहुने बताइयो? यो सवाल सर्वत्र उठिरहेको छ।
यसबारे मेडिकल क्षेत्रका विशेषज्ञहरूले शोध गरेपछि चिसोमा रक्सी हानिकारक हुने पत्ता लागेको भारतीय मौसम विभागले बीबीसीलाई बताएको छ। यसैकारण रक्सी नपिउन निर्देशिका जारी भएको विभागको भनाइ छ।

आमधारणा नै छ, रक्सी पिएपछि शरीर गर्माउँछ।
के भन्छ विज्ञान?
मानव शरीरको मूल तापमान ३७ डिग्री सेल्सियस हुन्छ। तर, वरपर वातावरणको तापमान जब घट्न थाल्छ तब शरीर ऊर्जाले मूल तापमानलाई मिलाएर राख्ने काम गर्छ। शरीरको तापमान उक्त सीमाबाट तल झर्न थालेपछि मानिस हाइपोथर्मियाको सिकार हुन्छ।
यस्तो अवस्थमा रक्सी पिउनाले के हुन्छ त?
चिकित्सकहरू भन्छन्, ‘‘तपार्इंले पिएको रक्सी शरीरमा रक्सी घुल्छ। घुल्न थालेपछि तपाईंको हात, खुट्टाको रक्तकोशिका विस्तार हुन्छ। त्यसमा पहिलाभन्दा बढी रगत प्रवाह हुन थाल्छ। यसले तपाईंलाई गर्मी महसुस गराउँछ। यही कारण मानिसलाई रक्सी पिएपछि शरीरको तापक्रम बढ्ने लागेको हो। रक्सीका कारण हात-खुट्टामा रगतको मात्रा बढ्ने हुनाले गर्मी महसुस भएको हो। यही महसुसका कारण मानिसहरू आफूले लगाएका बाक्ला लुगा फुकाल्न थाल्छन्। त्यसो गर्दा शरीरको तापक्रम घट्न थाल्छ। हामीलाई थाहै हुँदैन, त्यो अवस्था निकै खतरनाक हुन सक्छ भन्ने।’’
चिसो मौसममा रक्सी बढी पिउँदा ज्यानै जान सक्ने चेतावनी चिकित्सकहरू दिन्छन्। चिसो मौसममा अधिक रक्सी पिउने मानिसहरू लुगा पनि ठीक ढंगमा लगाइरहेका हुँदैनन्। रक्सीका कारण दिमागमा पर्ने असरका कारण मानिसलाई आफू कुन अवस्थामा छु भन्ने ज्ञान पनि हुँदैन।
रक्सीले ताप बढाउँदैन भने गर्मीको महसुस किन हुन्छ त?
म्याक्स हेल्थ केयरका इन्टर्नल मेडिसिन विभागका सहनिर्देशक डा. रोमेल टिक्कु भन्छन्, ‘‘बढी मात्रामा रक्सी पिउने मानिसको अनुहार रातो भएको हामी देख्छौं। किनकि रक्सीका कारण तिनको बाहिरी अंग (अनुहार, हात-खुट्टा)का रक्त धमनीमा रगतको प्रवाह बढ्छ। यसले गर्मी महसुस हुन्छ किनकि, रगत शरीरको आन्तरिक हिस्साबाट बाहिरतर्फ जान्छ, जसले कोर बडी टेम्परेचर कम बनाउँदै लैजान्छ। चिसो मौसममा जब तपाईं रक्सी अझै बढी पिउनु हुन्छ तब शरीरको तापमान झनै कम हुँदै जान्छ। यसकारण जाडो याममा रक्सी मानिसका लागि हानिकारक हुन सक्छ।’’
के जाडो याममा रक्सी पिउँदा ज्यानै जान सक्छ?

यही कारण शरीरको तापक्रम ३७ डिग्रीबाट तल झरिरहेको हुन्छ र विस्तारै हाइपोथर्मियाको असर देखिन थाल्छ। हाइपोथर्मियाका कारण व्यक्ति कोमामा जान सक्छ र अन्त्यमा ज्यानै जान सक्ने सम्भावना हुन्छ।
(बीबीसीमा आधारित)
" /> काठमाडौं। छिमेकी भारतका कयौं क्षेत्र र नेपालमा यतिखेर चिसो अधिक बढेको छ। भारतका दिल्ली, हरियाणा, पञ्जाब, चन्डीगढलगायत नेपालका कतिपय तराई-मधेसका जिल्लामा शीतलहर चलिरहेको छ। यस्तो अवस्थामा रक्सी पिउन नहुने चिकित्सकहरू बताउँछन्। चिसोले हाइपोथर्मिया तथा फ्रस्टबाइटजस्ता गम्भीर समस्या हुन सक्छ।हाइपोथर्मिया हुँदा मानिसको शरीरको तापमान असामान्य रुपमा एक बिन्दुमा पुग्छ र अंगले काम गर्न छाड्छ। फ्रस्टबाइटले औंला, अनुहार तथा आँखावरपरका भाग सुन्निन सक्छ। चिसोबाट जोगिन बाहिर निस्कन नहुने विशेषज्ञहरू बताउँछन्।

">