काठमाडौं। भारतले कोरोना भाइरस विरूद्धका दुई खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।
भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत खोपलाई अनुमति दिएको जानकारी गराएका छन्। प्रधानमन्त्री मोदीले खोपलाई अनुमति दिएकोमा डीसीजीआईलाई धन्यवाद दिनुका साथै खोप निर्माण टिमलाई बधाई दिए।
जनवरी १ मा कोभिसिल्ड र जनवरी २ मा कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिन विज्ञ समितिले डीसीजीआईसमक्ष सिफारिस गरेको थियो। आज बसेको डीसीजीआईको बैठकले अनुमति दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोभिसिल्ड भ्याक्सिन ७०.४२ प्रतिशत सुरक्षित देखिएको छ भने कोभ्याक्सिनको प्रभावकारिताबारे केही जानकारी दिइएको छैन्।
सिरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।
संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्म्पनी सेरमले अहिले अक्सफोर्ड÷एस्ट्राजेनेका खोपको पाँच करोड डोज बनाइसकेको छ।
दुवै खोप दुई-दुई डोज दिइनेछ। यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राख्न सकिनेछ। खोपलाई अनुमति दिएसँगै केहीदिनबाटै सर्वसाधारणलाई खोप लगाउने भारत सरकारको तयारी छ। त्यसका लागि खोप सञ्चय भण्डार बनाउने, आवश्यक दक्ष जनशक्तिको ब्यवस्थापन गर्ने लगायतका काम भइरहेको छ।
डीसीजीआईका निर्देशक डा. वीजी सोमानीले भारत बायोटेक कोभ्याक्सिन सुरक्षित रहेको र यसले रोग प्रतिरोधी क्षमता बलियो बनाउने बताइएको छ।