ललितपुर। मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदै छ। गोदावरी नगरपालिका-२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ।
हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताए। उनले भने, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गर्छौँ।”
सोमबार नारायणको महास्नान गर्दा नारायणका दशावतारको पूजा तथा त्यहाँनजिकै रहेका महादेवको रुद्री र विष्णु सहस्त्रनाम स्तोत्र पाठसमेत गरिने सुवेदीले जानकारी गराए।
स्थानीय सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रूपमा पुज्ने गर्छन्। विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पुजारी परिवारलाई जुठो र सुत्केरो पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए। उनले भने, “महास्नानका दिन प्रत्येक सुवेदी परिवारका घरबाट आवश्यक पूजा सामग्रीका साथै सुकेको सिङ्गो नरिवल ल्याएर भगवान्लाई चढाइन्छ।”
नेपालका प्रख्यात चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्ट बताउँछन्। उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौँको दक्षिणकालीमा रहेका शेषनारायणलाई साहिँला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन्।”
यस वर्ष हरिबोधिनी एकादशीको दिनमा मुलुकमा देखिएको कोरोना महामारीका कारण मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भत्तजनको भीडभाडले कोभिड–१९ फैलिने सम्भावनालाई मध्यनजर गरी मेला स्थगन गरिएको थियो।
हरिबोधिनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान् नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ। सो मन्दिर जमिन सतहबाट १,५०० मिटर उचाइमा रहनुका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ। सदियौँ वर्षदेखि नारायण मन्दिरमा भगवान् बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन चल्दै आएको छ।
प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारी साधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गर्छन्। विशङ्खुनारायण मेलामा एकदेखि डेढ लाख मानिस आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्रीवितरण हुने गरेको स्थानीयवासीको भनाइ छ।
विशङ्खु नारायणथानको ककारोभित्र शालिग्राम पनि राखेर पूजाआजा गर्ने गरिन्छ। सो क्षेत्रमा भगवान् नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफासमेत रहेको छ। सिलवाल र विष्टको बाहुल्य रहेको विशङ्खु नारायणथानमा लगभग ६,८०० जनसङ्ख्या रहनुका साथै झण्डै १,२०० घरधुरी रहेका छन्। भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्ट बताउँछन्। उनी भन्छन्, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो।”
नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउँछन्। प्रत्येक वर्ष कात्तिक १ देखि मङ्सिर पूर्णिमासम्म नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।
शनिबार र सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ। सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ।
रासस
" /> ललितपुर। मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदै छ। गोदावरी नगरपालिका-२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ।हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताए। उनले भने, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गर्छौँ।”

">