काठमाडौं। एक व्यक्ति केही समय अगाडि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल गए। छाती दुख्ने, कडा खालको खोकी, श्वास फेर्न गाह्रोलगायतका समस्या लिएर उनी त्यहाँ पुगेका थिए।
चेकअपका क्रममा उनमा निमोनिया देखियो। छातीको एक्सरे गरेर हेर्दा फोक्सोमा समस्या देखियो। उनी चेकअपका लागि अस्पताल जानुभन्दा १० दिन पहिलादेखि नै समस्या रहेछ।
सबै चेकजाँच गर्दा निमोनिया देखियो। जुन गम्भीर अवस्थामा पुगिसकेको थियो। उनमा कोरोनाको लक्षण हुँदा पनि सामान्य रूघाखोकी भन्दै बेवास्ता गरेका रहेछन्।
“जब स्वास्थ्यमा गम्भीर समस्या आयो। त्यसपछि मात्र अस्पताल आए। पीसीआर परीक्षण गरेर उपचार गराएको भए यस्तो समस्या आउने थिएन,” टेकु अस्पतालका डा. शेरबहादुर पुनले भने।
“सामान्य रूघाखोकी नै हो भनेर लुकाउँदा १० देखि १४ दिनपछि झन् समस्या देखाउँछ। त्यसपछि चेकअप गराउँदा निमोनिया भएको देखिन्छ। यो पीसीआर परीक्षण नगरेर बस्दाको असर हो।”
अहिले धेरैजसोमा यस्तो खालको समस्या पाउन थालेका छन्। कोरोनालाई बेवास्ता गर्दा अन्तिममा आएर फोक्सोमा नै समस्या हुने गरेको डा.पुनको भनाइ छ।
“सामान्य रूघाखोकी नै हो भनेर लुकाउँदा १० देखि १४ दिनपछि झन् समस्या देखाउँछ। त्यसपछि चेकअप गराउँदा निमोनिया भएको देखिन्छ। यो पीसीआर परीक्षण नगरेर बस्दाको असर हो,” उनले भने।
सुरूमा परीक्षण नगरेर अन्तमा परीक्षण गराउँदा कोरोनाले जटिल अवस्था ल्याइसक्ने उनको भनाइ छ।
निमोनिया सबैभन्दा गम्भीर अवस्था भएको भन्दै डा. पुनले भने, “कोरोना छैन, भनेर लापरवाही गर्दा फोक्सो नै ड्यामेज पारेको हुन्छ। त्यसरी फोक्सो नै खराब हुनु भनेको मानिसमा गम्भीर खालको समस्या निम्तिनु हो।”
अमेरिकामा बस्दै आएका नेपाली डाक्टर भास्कर के. क्षत्री डेढ महिना कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भए। त्यो अवधिमा उनले हजारौं बिरामीको उपचार गरे। भने सयौँ बिरामीको एक्सरे तथा सीटीस्क्यान गरे। त्यो समयमा उनीहरूको अवस्था देखेर उनी त्रसित बनेका छन्।
“फोक्सोमा निमोनिया भयो भने मान्छे नमरे पनि उसको जिन्दगी राम्रो हुँदैन। अक्सिजन दिएर बचायो भने त्यो मान्छे मर्नु र बाँच्नुमा केही फरक पर्दैन। कोरोनाले त्यस्तो अवस्था बनाउँछ।”
कोभिड संक्रमित भएर फोक्सोमा निमोनिया भएका बिरामीको फोक्सो नै ड्यामेज भएको पाइएको उनको भनाइ छ। “अचेल कोरोनालाई बेवास्ता गरेको देखिन्छ। पीसीआर परीक्षणका लागिसमेत जाने गरेका छैनन्। यसरी कोरोनालाई लुकाउँदा फोक्सो नै ड्यामेज हुन्छ,” उनले भने।
फोक्सो नै खराब भएका मानिसले जीवनभर मरेतुल्य हुने उनको भनाइ छ। उनले भने, “फोक्सोमा निमोनिया भयो भने मान्छे नमरे पनि उसको जिन्दगी राम्रो हुँदैन। अक्सिजन दिएर बचायो भने त्यो मान्छे मर्नु र बाँच्नुमा केही फरक पर्दैन। कोरोनाले त्यस्तो अवस्था बनाउँछ।”
कोरोनाका कारण हुने बिरामीको यस्तो अवस्था देखेर नै उनले कोरोना भ्याक्सिन लगाएका थिए।
“हस्पिटलमा कोरानाका बिरामीको उपचार गर्दै गर्दा उनीहरूको अवस्था कस्तो छ? कस्तो असर गर्दो रहेछ भनेर म हेरिरहेको हुन्छु। सीटी स्क्यान गर्दा मलाई त हरेक कुरा थाहा हुन्छ। यसरी बिरामीको उपचार गरिरहँदा धेरैजसो बिरामीको फोक्सो ड्यामेज भइरहेको देखेको छु,” उनले भने।
" /> काठमाडौं। एक व्यक्ति केही समय अगाडि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल गए। छाती दुख्ने, कडा खालको खोकी, श्वास फेर्न गाह्रोलगायतका समस्या लिएर उनी त्यहाँ पुगेका थिए।सबै चेकजाँच गर्दा निमोनिया देखियो। जुन गम्भीर अवस्थामा पुगिसकेको थियो। उनमा कोरोनाको लक्षण हुँदा पनि सामान्य रूघाखोकी भन्दै बेवास्ता गरेका रहेछन्।

">