काठमाडौँ। सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना खोप ‘कोभिशिल्ड’लाई भारत सरकारले आपत्कालिन प्रयोगको लागि अनुमति दिएसँगै नेपालले उक्त खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ।
भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले मंगलबार सिरम इन्स्टिच्युटका प्रतिनिधिसँग भेटी खोप खरिद गर्ने विषयमा छलफल गरेका हुन्।
“हामीले हाम्रो आवश्यकता बताएका छौं,” राजदूत आचार्यले देखापढीसँग कुराकानी गर्दै भने, “सिरम इन्स्टिच्युटले नेपाललाई कोरोना खोप उपलब्ध गराउने सम्बन्धमा उच्च प्राथमिकतामा राखेको जनाएको छ। उनीहरूले आवश्यक खोप नेपललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। अब प्राविधिक र व्यापारिक कुरा टुङ्गाउनु पर्छ।”
भारतले आइतबार अक्सफोर्ड विश्वविद्यालय-एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिशिल्ड’ जसलाई सिरम इन्स्टिच्युटले उत्पादन गरेको छ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ आपत्कालिन प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो।
राजदूत आचार्यले मंगलबार सिरम इन्स्टिच्युटका प्रतिनिधसँग भेटघाट र भारत बायोटेकका कार्यकारी निर्देशक डा. भी. कृष्णा मोहन र उनको टीमसँग भर्चुअल मिटिङ गरेका थिए। गएको डिसेम्बर २१ का दिन सिरम इन्स्टिच्युटका निर्देशक प्रकाश सिंहले राजदूत आचार्यलाई भेटी कोभिशिल्डको बारे जानकारी गराएका थिए।
“सुरुमा कोरोना भारइरस नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्ने (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी) र जोखिममा रहेका (वृद्धवृद्धा, बिरामी) गरी कूल जनसंख्याको २० प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य छ,” राजदूत आचार्यले भने, “यो भनेको ६० लाख जनसंख्या हो। एक जनालाई खोपको दुई डोज चाहिन्छ। यस कारण १ करोड २० लाख डोज खोपलाई पहिलो प्राथमिकतामा राखिएको छ।”
नेपालको खोपको आवश्यकतालाई पुरा गर्न सिरम इन्स्टिच्युट तयार रहेको उनले जनाए। प्राविधिक र व्यापारिक विषयलाई टुङ्गोमा पुर्याए छिट्टै खोप प्राप्त हुने विश्वास उनले व्यक्त गरे।
“सुरुमा हामीलाई खोप उपलब्ध गराउने कि नगराउने भन्ने स्पष्ट थिएन। अब उनीहरू नेपाललाई आवश्यक पर्ने खोप उपलब्ध गर्न तयार भएका छन्। अब मूल्य निर्धारण गरी अर्डर पेश गर्नुपर्छ,” राजदूत आचार्यले भने।
विश्वका अन्य देशमा बनेका कोरोना खोपभन्दा सिरम इन्स्टिच्युटको खोप सस्तोमा पाइने दाबी उनले गरे। उनले भने, “मूल्य अरूहरूको भन्दा सस्तो हुन्छ। खर्चिलो हुँदैन। सिरम इन्स्टिच्युटले उप्तादन गर्ने खोप सामान्य चिस्यानमा राख्न सकिने खालको छ। खोपहरू एकै पटक प्रयोग नगर्दा पनि नबिग्रने खालको छ।”
सिरम इन्स्टिच्युटले चरणबद्ध रूपमा खोपहरू उपलब्ध गर्न सकिने आश्वासन दिएको छ।
सिरम इन्स्टिच्युटको खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताइएको छ। यो खोप २-८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिनेछ।
त्यसो त भारत सरकारले सिरम इन्स्टिच्युटलाई भारतबाहिर कोरोना खोप बिक्रीवितरण गर्न स्वीकृति दिइसकेको छैन। “हालको अवस्थामा हामीले भारत सरकारलाई मात्र खोप उपलब्ध गराउन सक्छौं,” सिरम इन्स्टिच्युटका सिइओ अदर पुनावालाले समाचार संस्था एपीसँग मंगलबार दिएको अन्तर्वार्तामा भनेका छन्।
भारत सरकारले खोप निर्यात गर्न स्वीकृति प्रदान नगरे पनि सिरम इन्स्टिच्युटले विभिन्न विकासोन्मुख देशका लागि एक अर्ब डोज खोप उपलब्ध गर्ने सम्झौता गरिसकेको छ।
" /> काठमाडौँ। सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना खोप ‘कोभिशिल्ड’लाई भारत सरकारले आपत्कालिन प्रयोगको लागि अनुमति दिएसँगै नेपालले उक्त खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ।भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले मंगलबार सिरम इन्स्टिच्युटका प्रतिनिधिसँग भेटी खोप खरिद गर्ने विषयमा छलफल गरेका हुन्।

">