काठमाडौं। चलचित्र व्यवसायीहरूले पुस १० गतेदेखि सिनेमा हल खोले। तर, नयाँ चलचित्र नभई पुरानै चलचित्र पुनः प्रदर्शनमा ल्याए।
एकातिर सरकारलाई दबाब दिँदै हल खोलेर पुराना चलचित्र प्रदर्शनमा ल्याए भने अर्कोतिर सरकारसँग वार्ता पनि जारी राखे।
हल खोल्ने नेपाल चलचित्र संघको निर्णयमा केही चलचित्र व्यवसायीले समर्थन जनाएनन्। उनीहरूको माग भने सरकारले नै निर्णय गरेर हल खोल्नुपर्छ भन्ने थियो। हल त जबरजस्ती भए पनि खोलियो। तर, दर्शक नै आएनन्। दर्शक थोरै संख्यामा आउँदा सिनेमा हल सञ्चालक थप समस्यामा परेका छन्।
रिलिज भएका चलचित्र हेर्न पनि मुस्किलले आठ/दश जना दर्शक हलसम्म आउँछन्। रित्तो हल भए पनि सञ्चालकहरूले चलाइरहेका छन्।
पुराना चलचित्र, खाली हल र दर्शकको प्रतीक्षा कहिलेसम्म गर्ने? हल सञ्चालकसँग यसको चित्तबुझ्दो जवाफ छैन। तर, चलचित्रको माहोल बनाउन भन्दै उनीहरूले दुई सातादेखि हल चलाइरहेका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हल खुल्ला गर्न मन्त्रिपरिषद्लाई आग्रह गरेको छ। अब सरकारले नै हल खोल्ने निर्णय गर्ने छ। सरकारले नै हल खुलाउने निर्णय गरेपछि नयाँ चलचित्र रिलिज हुने वातावरण बन्न सक्ने उनीहरूको अपेक्षा छ।
चलचित्र व्यवसायीले भने तत्काल दर्शक आउने अपेक्षा गरेका छैनन्। “तत्काल नै दर्शक आएर हल भरिन्छन् भन्ने हाम्रो अपेक्षा होइन। अहिले त चलायमान बनाउन मात्र हामीले सिनेमा हल खोलेका हौं,” चलचित्र संघका महासचिव अशोक शर्माले भने।
सिनेमा हल खोलेको दुई साता बितिसक्यो। अहिलेसम्म पुरानै चलचित्र प्रदर्शनमा आएका छन्। पुरानै चलचित्र प्रदर्शनमा आउँदा दर्शक हलसम्म नपुगेको चलचित्रकर्मीहरूको बुझाइ छ। तर, नयाँ चलचित्र प्रदर्शनका लागि कोही पनि अगाडि सर्दैनन्।
निर्माताहरूसँग छलफल भइरहे पनि अहिलेसम्म कोही पनि तयार नभएको महासचिव शर्माको भनाइ छ।

अहिलेको अवस्थामा आफूहरूले निर्मातालाई नयाँ चलचित्र रिलिज गर्न आग्रह गर्न सक्ने अवस्था पनि नरहेको उनको भनाइ छ।
“अहिले नै हामीले चलचित्र रिलिज गर्नुस् भन्न सक्ने अवस्था छैन। केही समय अझै पुरानै चलचित्र पुनः प्रदर्शनमा ल्याउँछौं,” उनले भने।
यदि कुनै प्रतिक्षित चलचित्र रिलिज गर्न तयार भएको खण्डमा आफूहरू सहजीकरण गर्नका लागि तयार रहेको उनले बताए।
“नयाँ चलचित्रलाई हामीले रिलिज गर्नोस् भनेर कर गर्न सक्ने अवस्था छैन। यदि कुनै प्रतिक्षित चलचित्र रिलिजका लागि आयो भने हामी स्वागत गर्न तयार छौं,” महासचिव शर्माले भने।
दोहोरो मारमा हल सञ्चालक
नौ महिना हल बन्द हुँदा सञ्चालकले करोडौंको घाटा बेहोर्नुपरेको थियो। हल खोलेपछि थप घाटा बेहोर्नुपरेको छ।
सिनेमा घर खुले पनि नयाँ चलचित्र प्रदर्शनमा नआउँदा दर्शन आउन नसकेको हल व्यवसायीको बुझाइ छ। जसले गर्दा उनीहरूलाई एकातिर हल बन्द हुँदा र अर्कोतिर हल खुले पनि भइरहेको पुनः घाटाले थप समस्या सिर्जना गरेको छ।
नेपालकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनका प्रमुख कार्यकारी निर्देशक रोशन अडिगाले दर्शक नआउँदा शो नै क्यान्सिल गर्नुपरिरहेको बताए।
अघिल्लो साता केही दर्शक आए पनि यो साता चलचित्र हेर्न आउने दर्शकको संख्या न्यून रहेको उनको भनाइ छ।
“कोरोना त्रासले दर्शन आउन सकेका छैनन्। त्यसमा पनि नयाँ चलचित्र नभएपछि पुरानै चलचित्र हेर्न दर्शक जोखिम मोल्ने कुरै भएन्,” उनले भने, “अब पनि यस्तै हुन्छ भने हल बन्द गरेर बस्नु नै राम्रो हुनेछ। सानै बजेटका भए पनि नयाँ चलचित्र रिलिज भएमा दर्शक आउँछन्।”
चलचित्र निर्माताहरूले भने हलमा दर्शक आउने क्रम बढेपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने बताएका छन्। चलचित्र निर्माता माधव वाग्लेले तत्काल कोही पनि निर्माता आफ्नो चलचित्र रिलिज गर्ने पक्षमा नरहेको बताए।
“अझै केही समय पुरानै चलचित्र चलाउनुपर्छ। त्यसमा हिन्दी तथा अंग्रेजी चलचित्रलाई रिलिज गरेर विस्तारै-विस्तारै माहोल बनाउनुपर्छ। त्यसपछि मात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउनुपर्छ। त्यो पनि ठूलो ब्यानरमा बनेका र जसले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको हुन्छ,” उनले भने।