काठमाडौँ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतमा मार्चमा लकडाउन सुरू गरियो। त्योसँगै भारत सरकारले अन्य सावधानी पनि अपनाउन थाल्यो।
त्यति मात्र नभएर फोनमार्फत् समेत जनचेतनामूलक सन्देश दिन थालियो। फोन गर्दा बज्ने कलरट्युनमा बलिउड अभिनेता अमिताभ बच्चनको आवाजमा जनचेतनामूलक जानकारी दिइयो।
यो टोन अहिलेसम्म पनि बजिरहेको हुन्छ। लामो समयदेखि अमिताभको स्वरमा जनचेतानमूलक सन्देश आउन थालेपछि उक्त टोन हटाउन माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ।
दिल्ली उच्च अदालतमा राकेश नाम गरेको व्यक्तिले एक जनहित उजुरी दायर गरेका हुन्। उक्त उजुरी अधिवक्ताद्वय ए.के. दुबे र पवन कुमारको माध्यमबाट दायर गरिएको हो, जसमा अमिताभको स्वर हटाउन माग गरिएको छ। उक्त टोनका लागि अमिताभ सरकारबाट पैसा लिइरहेको भन्दै तत्काल बन्द गराउन माग गरिएको हो।
उक्त निवेदनमा भनिएको छ, “अमिताभ बच्चन उक्त ट्यूनका लागि भारत सरकारबाट पैसा लिइरहेका छन्। जब कि देशमा कोरोना महामारीले निकै समस्या निम्त्याएको छ। यस्तो अवस्थामा कोभिड–१९ जागरुकता कार्यक्रमको लागि मोबाइल कलरट्यूनमा अमिताभको ठाउँमा जसले कोरोना कालमा समाज सेवा गरेका छन्, उनीहरूको आवाज समेटियोस्।”
कोरोना कालमा समाज सेवाको रूपमा काम गरेकाहरूलाई कलरट्यूनका लागि हिस्सेदार बनाउनुपर्ने निवेदनमा भनिएको छ। यो कामका लागि अमिताभको जसरी कसैले पनि पैसा नलिने बताइएको छ।
दिल्ली उच्च अदालतले उक्त निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ। उक्त उजुरीमाथि १८ जनवरीमा सुनुवाइ हुनेछ।
अमिताभको आवाजमा रहेको कलरट्युनमा भनिएको छ– नमस्कार, हाम्रो देश तथा पूरा विश्व आज कोभिड–१९ को चुनौतीको सामना गरिरहेको छ। कोभिड–१९ अझै सकिएको छैन। यस्तो सतर्क रहनु हाम्रो कर्तव्य हुन्छ। त्यसैले जबसम्म औषधी बन्दैन, तबसम्म कोही ढिलाइ नगर्नु हो। दुई गजको दूरी, मास्क अनिवार्य....
" /> काठमाडौँ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतमा मार्चमा लकडाउन सुरू गरियो। त्योसँगै भारत सरकारले अन्य सावधानी पनि अपनाउन थाल्यो।त्यति मात्र नभएर फोनमार्फत् समेत जनचेतनामूलक सन्देश दिन थालियो। फोन गर्दा बज्ने कलरट्युनमा बलिउड अभिनेता अमिताभ बच्चनको आवाजमा जनचेतनामूलक जानकारी दिइयो।

">