काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार १९० जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ।
हालसम्म विश्वभर आठ करोड ८४ लाख ४६ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ६ करोड ३५ लाख ७२ हजार ८५ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २९ लाख ६९ हजार १२५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ७३ हजार ७०० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ७१० जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख ४९८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५० हजार ६०६ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २९ हजार ९८७, बेलायतमा ७८ हजार ५०८, इटलीमा ७७ हजार २९१, फ्रान्समा ६६ हजार ८४१, स्पेनमा ५१ हजार ६७५, इरानमा ५५ हजार ९३३, अर्जेन्टिनामा ४४ हजार १२२, कोलम्बियामा १७ हजार ५७६ तथा रसियामा ६० हजार ४५७ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार १९० जना संक्रमितले ज्यान गुमाएका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ।

">