काठमाडौं। नेपालीमा एक चर्चित उखान छ- हुने बिरूवाको चिप्लो पात। जुन बच्चा भविष्यमा राम्रो बन्छ, उसले सानैमा लक्षण देखाउँछ।
हो, स्याङजा बर्दघारीका प्रिन्स लम्सालको सन्दर्भमा उक्त उखान लागू हुन्छ। उनी सानै उमेरमा चर्चाको शिखरमा पुगेका छन्।
भर्खर १२ वर्ष पूरा भएर १३ मा प्रवेश गरेका उनी लोकदोहोरीमार्फत चर्चामा आएका हुन्। वालिङको नेपाल आदर्श माविमा कक्षा ७ मा पढिरहेका प्रिन्सको सानैदेखिको सपना थियो- राम्रो गायक बन्ने।
त्यसैले उनी आफ्नी आमासँग भन्थे, “आमा म ठूलो भएपछि राम्रो गायक बन्ने हो। पैसा जम्मा गरिदिनुहोला।” आमालाई पनि उनी कहिले ठूलो होलान् र राम्रो गायक बन्लान भन्ने लाग्थ्यो।
‘‘उनको रहर र रूचिप्रति घरपरिवारको केही लागेन। उनी मेला महोत्सव, सांस्कृतिक कार्यक्रममार्फत चर्चामा आउन थाले,’’ प्रिन्सकी आमा शिल्पाले देखापढीसँग भनिन्।
“घरमा मम्मीको मोबाइलमा गीत सुन्थेँ। त्यही गीत गाउँथे। अभ्यास गर्दा-गर्दै अहिले यहाँसम्म पुगेको छु। दर्शकहरूले साथ, सहयोग र माया गरिरहनुभएको छ। यसले मलाई थप हौसला मिलेको छ।”
उनी ठूलो भएर गायक बन्छु भन्दा उनकी आमाले विश्वास गरेनन्। त्यसपछि उनलाई एउटा गीत गाउन दिइन्। तर, गीत राम्रोसँग गाए। त्यसपछि प्रिन्सले स्कूलमा पनि गाउन थाले। अन्य कार्यक्रममा पनि गाउन थाले।
यतिबेला चर्चामा रहेका प्रिन्सलाई केही वर्ष अगाडिसम्म उनको आमाले पनि विश्वास गरेका थिएनन्। मसिनो स्वरमा उनले गीत गाउँदा बाबु गीत नगाऊ, तिम्रो गीत कसैले मन पराउँदैनन् भन्थे। तर, उनमा जसरी पनि गायक बन्ने दृढ संकल्प थियो।
आफ्नो आमाको मोबाइलमा गीत सुनेर त्यही गीत गाउँथे। घरमै अभ्यास गर्दा-गर्दै उनी अहिले यहाँसम्म पुगेका छन्।
“घरमा मम्मीको मोबाइलमा गीत सुन्थेँ। त्यही गीत गाउँथे। अभ्यास गर्दा-गर्दै अहिले यहाँसम्म पुगेको छु। दर्शकहरूले साथ, सहयोग र माया गरिरहनुभएको छ। यसले मलाई थप हौसला मिलेको छ,” प्रिन्सले भने।
सुरूआतमा उनलाई गीत गाउनको लागि कसैले पनि हौसला दिएनन्। सुरूमा त उनले ७÷८ महिना अभ्यास गरे। त्यसपछि जब उनको स्वर खुल्दै गयो। त्यसपछि भने सबैले विश्वास पनि गर्न थाले र साथ पनि दिन थाले।
पढाइ सँगसँगै कलाकारिता
आमाबुवालाई उनको पढाइ बिग्रिन्छ कि भन्ने चिन्ता थियो। तर, प्रिन्समा भने यतिसम्म आत्मविश्वास थियो कि- म पढाइ र कलाकारिता सँगसँगै लैजान्छु।
हो, आज उनी आफ्नो पढाइ र गायन दुवैलाई सँगसँगै अगाडि बढाइरहेका छन्। गायन क्षेत्रमा लागेपछि उनको पढाइप्रतिको रूचि झन् बढेको छ।
उनले व्यावसायिक रूपमा गायन क्षेत्रमा लागेको झण्डै दुई वर्ष भयो। तर, त्यो भन्दा पहिलादेखि नै उनी गीत गाइरहन्थे। उनी आफ्नो कामबाहेकको समयमा पठनपाठनमा ध्यान दिन्छन्।
“पढाइलाई पनि अगाडि बढाउँछु। गायन क्षेत्रलाई पनि सँगसँगै लैजान्छु। गायन क्षेत्रमा लागेर पढाइ बिग्रिन्छ भन्ने छैन। म अहिले झन् लगनशील भएको छु,” प्रिन्सले भने।
पढाइ र गायनसँगै उनी घरको काममा आमालाई सघाउँछन्। घर सफा गर्नेदेखि अन्य काममा पनि आमालाई सघाउँछन्।
यस कारण गायनमा रूचि
उनको घरमा कोही पनि गायन क्षेत्रमा छैनन्। आमा घरमा उनीसँगै उनका दाइको रेखदेख गर्छिन्। बुवा कामको शिलशिलामा भारतमा छन्। शिल्पाको जिम्मामा दुई छोराको भविष्य छोडिएको छ।
सानैदेखि घर परिवारसँग म ठूलो भए पनि ठूलो गायक बन्ने हो भन्थे। नभन्दै अहिले नै त्यस उचाइमा पुगिसकेका छन्। उनी नेपाली, हिन्दी, लोकदोहोरी, आधुनिक, पप जस्तो खालको गीत पनि गाउन सक्छन्। तर, बढी रूचि भने उनको दोहोरीमा नै छ।
त्यसैले त दोहोरीमा नाम चलेका कलाकारसँग उनको घम्साघम्सी हुन्छ। उनले अहिलेसम्म लोकदोहोरीमा चलेका गायिकाहरू बबिता बानियाँ ‘जेरी’, कल्पना दाहाल, बालगायिका कमला घिमिरे, आयुषा घिमिरे, टीका सानु, दीपिका बयाम्बु लगायतसँग पनि दोहोरीमा घम्साघम्सी गरिसकेका छन्।
यतिमात्र होइन, उनका थुप्रै गीत पनि सार्वजनिक भएका छन्।
गीत गाउँदा किन रून्छन्?
यतिबेला उनले दीपिकासँग गाएको दोहोरी युट्युबको ट्रेन्डिङ नम्बर दुईमा छ।
हे...जन्मेदेखि केही संकोच आछैन,
क्यार्नु दिदी पढ्नै पाछै्न।
डाँडै पिपलुमा चल्यो बतास्,
मनै चोरी लाने माया कता छ?
यसरी आफ्नो भाका गाउँदै गर्दा उनको आँखाबाट धरधरी आँसु बग्यो। तर गीतमा भनिएजस्तो गरी उनको पढाइमा भने समस्या छैन। तर, उनी गीत गाउँदा यसरी नै आफैंलाई वास्तविक पात्रमा ढालेर आँशु बगाउँछन्।
“यसअघि पनि थुप्रै गीतमा यसरी नै रूने गरेका थिए। हजुरआमा हुनुहुन्थ्यो- उहाँलाई नभेटेको धेरै भएको थियो। त्यसपछि आगामी दसैँमा भेट्ने भन्ने थियो। तर, भेट हुन नपाउँदै हजुरआमा बित्नुभयो। त्यसपछि हजुरआमालाई सम्झेर रून्थ्यो। दु:खका गीत गाउँदा रून्छ,” उनकी आमा शिल्पाले भनिन्।
बुवा पनि छोरालाई भेट्न आतुर
यता छोराले दिन प्रतिदिन चर्चा पाइरहँदा परदेशमा रहेका बुवा कति छटपटाएका होलान्? एकातिर छोरा तथा घर परिवार भेट्न पाएका छैनन् भने अर्कोतिर छोराको प्रगतिमा साथ पनि दिनु छ। तर, उनी घर आउनलाई छुट्टी नै पाउँदैनन्।
“छोराको प्रगति देखेर उता बुवा पनि एकदम खुसी हुनुहुन्छ। घर आउन आतुर हुनुहुन्छ, तर के गर्ने छुट्टी नै पाइँदैन। अब दुई महिनापछि घर फर्किनुहुन्छ,” शिल्पाले भनिन्।
भाइबहिनी मन पराउने, चकचक पनि गर्ने
हुन त सानै उमेरको छ। त्यसैले पनि होला चकचके बानी। आफूभन्दा ठूलाको आदरसम्मान गर्न पनि निकै जानेको छ। तर, आफूभन्दा स-साना भाइबहिनीसँग अलि बढी नै जिस्किन्छन्।
“भाइबहिनीहरूलाई खुबै मन पराउँछ। माया पनि गर्छ। उनीहरूसँग चकचक पनि गर्न खोज्छ। भाइबहिनी नभएकाले होला,” शिल्पाले भनिन्।
नारायण रायमाझीलाई आफ्नो गुरू मान्ने प्रिन्स एकदमै दु:खी तथा करूणादायी गीत गाउन मन पराउँछन्। उनी आफ्नो गायन पेसालाई निरन्तरता दिनेमात्र नभएर यसलाई सशक्त पनि बनाउँदै अगाडि बढ्ने योजनामा छन्।
विभिन्न अवार्डसमेत पाइसकेका प्रिन्सलाई नेपाल आदर्श स्कूलले निकै सहयोग गर्दै आएको छ।
" /> काठमाडौं। नेपालीमा एक चर्चित उखान छ- हुने बिरूवाको चिप्लो पात। जुन बच्चा भविष्यमा राम्रो बन्छ, उसले सानैमा लक्षण देखाउँछ।हो, स्याङजा बर्दघारीका प्रिन्स लम्सालको सन्दर्भमा उक्त उखान लागू हुन्छ। उनी सानै उमेरमा चर्चाको शिखरमा पुगेका छन्।

">