काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार १०१ जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ।
हालसम्म विश्वभर आठ करोड ९२ लाख ९० हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ६ करोड ३९ लाख ५८ हजार १५६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३४ लाख ११ हजार ९४६ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ७७ हजार ६४२ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४१३ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख एक हजार ५४२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५० हजार ८३५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३१ हजार ७३४, बेलायतमा ७९ हजार ८३३, इटलीमा ७७ हजार ९११, फ्रान्समा ६७ हजार ४३१, स्पेनमा ५१ हजार ८७४, इरानमा ५६ हजार १८, अर्जेन्टिनामा ४४ हजार २७३, कोलम्बियामा ४५ हजार ४३१ तथा रसियामा ६० हजार ९११ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार १०१ जना संक्रमितले ज्यान गुमाएका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ।

">