काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख सात हजार ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १२ हजार २४९ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३९ हजार ६४६ र मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३६ हजार २२७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ११२ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ८१३ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २१३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५९ हजार ९३७, इटलीमा १९ हजार ९७८, ब्राजिलमा ६० हजार ७८, जर्मनीमा १९ हजार १८९, रसियामा २३ हजार ३०९, फ्रान्समा २० हजार ११७, कोलम्बियामा १५ हजार ७९५ तथा इरानमा पाँच हजार ९२४ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा सात लाख सात हजार ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १२ हजार २४९ जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३९ हजार ६४६ र मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ।

">